logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा मानव अधिकार बर्ष पुस्तकको पुर्व समीक्षा सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर ३।
नेपाल मानव अधिकार वर्षपुस्तक (२०१९) का लागि सङ्कलन गरिएका घटनाको बार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।समिक्षामा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले जिल्लामा बर्षभरि संकलन भएका मानव अधिकार बर्ष पुस्तकका घटनाहरुको जानकारी गराए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मानव अधिकार सरकार र समुदायको साखको बिषय भएकाले यसको संरक्षणका लागि सवै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका हुने बताए । साथै उनले इन्सेकले स्थानीय सरकारको कार्ययोजनामा मानव अधिकारको बिषयलाई कसरी संबोधन गर्ने भन्ने बिषयमा पहरेदारी सृजना गर्नुपर्नेमा जोड दिए।रेसुंगा नगरपालिकाका उपप्रमुख सिता भण्डारीले सत्य तथ्य घटनाको बिश्लेषण गर्दै स्थानीय सरकार र जनप्रनिधीलाई सजक बनाउने बाटोमा इन्सेक बर्ष पुस्तकले सहयोगी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले अपराध र मानव अधिकारको बिषय फरक भएकाले इन्सेकले एउटै सोलीडोलीमा राख्न नहुने बताए । साथै बर्ष पुस्तक बर्षौ पुरानो मार्गमा भएकाले अव विकासको अधिकारको स्थितीलाई लिएर अगाडी बढ्नुपर्ने सुझाव दिए ।
नागरिक समाजको अध्यक्ष पदम प्रसाद पाण्डेय, निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक रविन्द्र खडका, पुर्व इन्सेक प्रतिनिधी नरेश भण्डारीले इन्सेकले बर्ष पुस्तकमा समेटने घटना संकलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । साथै जिल्लामा सम्बन्ध बिच्छेद र आत्मा जस्ता गम्भिर सामाजिक बिषयहरु भएकाले इन्सेकले कुनै न कुनै कार्यक्रम मार्फत त्यस्ता बिषयलाई समेट्न आग्रह गरे । साथै उनीहरुले समाजमा आर्थिक समाजिक अधिकार हननका थुप्रै घटनाहरु भएकाले त्यस्ता बिषयलाई उजागर गर्दै राज्यलाई गम्भिर बनाउन इन्सेकले नयाँ व्यावस्थापन र स्रोत शक्तिीको व्यावस्था गर्नुपर्नेमा जोड दिए ।

जिल्ला कारागार प्रमुख उद्धव पन्थीले जिल्ला कारागारमा भएका समस्याको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एक बर्षको अवधिमा संकलन गरिएका १२ बलात्कार तथा बलात्कार प्रयास, दुई हत्या, दुई बालक कुटपीट, ४० घरेलु हिंसाका घटनाहरू सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend