logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड महोत्सव को दोश्रो दिन विविध कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ०३ ।
कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित सनिवार देखि सुरु भएको प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाको दोश्रो दिन विविध प्रतियोगीतात्मक कार्यक्रम तथा कलाकारहरुको प्रस्तुति सम्पन्न भएको छ।अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीताका विविध चरणका खेलहरु चलिरहेका छन्। विभागीय टिम सहित सातै प्रदेशका समुहको सहभागिता रहेको प्रतियोगिता सोमवार सम्म चल्नेछ। आइतवार नै वडा स्तरीय सोरठी भैलो प्रतियोगीता सम्पन्न भएको छ। ६ समुहको सहभागिता रहेको सो प्रतियोगीतामा कला संस्कृति संरक्षण मञ्च बडिगाड १ तुन्डाडा प्रथम, रणसिंहको समुह वडिगाड ८ द्धितिय तथा जलजला समुह वडा नं. ४ को समुह तृतिय भएका छन्। त्यस्तै सरायँ नृत्य प्रतियोगीतामा हिरा वहादुर राना प्रथम,मान वहादुर भुजेल द्धितिय, तथा मिन वहादुर थापा तृतिय भएका छन्।

त्यस्तै बडिगाड आइडलको अडिसन सम्पन्न भएको छ। अडिसनवाट २० जना प्रतिस्पर्धि प्रथम चरणमा प्रवेश गरेका छन्। यता कलाकारहरु शिलु भट्टराई, दुर्गेश थापा, उज्जवल गिरि लगाएतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिय। पहिलो दिन झाँकी सहित दशौं हजार मानिस को उपस्थिति रहेपनि दोश्रो दिन २ हजार २ सय टिकट विक्रि भएको आयोजकले जनाएको छ।

सोमबारको कार्यक्रममा कराँते फाइनल, खुल्ला भलिवल प्रतियोगीता, मावि तह वक्तृत्वकला प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम, लगाएतका कार्यक्रम रहेका छन्। सोमवार नै कलाकारहरु विमलराज क्षेत्री, कालिका रोका, पुरुस्वतम न्यौपाने (पूर्खे वा) लगाएतको प्रस्तुती रहने महोत्सव मुल समारोह समितिका उपाध्यक्ष कृष्ण भट्टराईले वताउनु भएको छ।

बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो। यस्तै महोत्सवकै अवसर पारेर वर्षामा पहिरोको कारण वनेको कृत्रिम तुरतुरे तालमा डुंगा संचालनमा ल्याइएको छ।

र्याफ्टीङमा प्रयोग गरिने डुंगालाई तालमा चलाउन लागिएको हो। ढोरपाटन र बडिगाडको सिमानामा पर्ने सो तालमा दैनिकरुपमा आन्तरीक पर्यटक वढ्दै गएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend