logo
  • शनिबार, साउन ९ २०८३

दुलही झैं सिँगारीयो बडिगाड, महोत्सवको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक ३०।
प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को तयारी पुरा भएको छ। बडिगाड गाउँपालिका भित्र पर्ने मध्यपहाडि लोकमार्गका वजारहरु दुलहि झैं सिँगारिएको छ। खर्वाङ बजार देखि भिमगिठे सम्म सवै वजारमा ध्वजा, पतका सहित व्यानरहरुले सिँगारीएको हो। प्रत्येक वजारक्षेत्र तथा गाउँगाउँमा सरसफाई गरिएको छ।

कार्यक्रम स्थलमा तयारी व्यापक गरिएको छ । स्टल, अलका मेला, मञ्च निर्माण लगाएतका काम अन्तिम चरणमा पुगेका छन् । कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म महोत्सव सञ्चालन हुनेछ।

कार्यक्रममा प्रदर्शन गरिने भिर मौरि र मह, स्लेट ढुंगा, तयारी गरिसकिएको छ, साँस्कृतिक झाँकी तथा अन्य प्रदर्शन गर्ने वस्तु तथा सामाग्रिको तयारी गरिएको छ।

अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीताको लागि ३ विभागिय, ७ प्रदेशको टोली, प्रशिक्षक तथा पर्यवेक्षक सहितको टोली आइसकेको कराँते संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ।

त्यस्तै कलाकारको टोली काठमाडौंवाट हिँडि सकेको, करुणा चमेरे गुफामा अनावरण गरिने मुर्ति तथा शिला लेख सवै तयारी भैसकेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभएको छ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्रि गगन थापा, बागलुङ जिल्लाका सांसदहरु, स्थानिय तहका प्रमुखहरु लगाएतको सहभागिता हुने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु वोम वहादुर कार्कि, जिवन शर्मा, खड्ग गर्बुजा, प्रजापति पराजुली, बद्रि पंगेनी, विमलराज क्षेत्री, थानेश्वर गौतम, खुमन अधिकारी, शिवा आले, कालिका रोका, प्रिति आले, दुर्गेश थापा, पूर्णकला विसि, शान्तिश्री परियार, रिता केसि, शिलु भट्टराई, पूर्ण परियार, राजेश वर्देवा, शितल शर्मा, रुपा घर्ति, उज्जवल गिरि, मिना श्रीस, निर्मल क्षेत्रि सिर्जना रेश्मी, रविना भण्डारी, पुरुषोत्तम न्यौपाने (पूर्खे बा) लगाएतको सहभागिता रहने भएको छ।

महोत्सवमा बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदिवासीको न्वागी विशेष हुने भएको छ। त्यस्तै शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्।

स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्।

महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्।

बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो। कार्यक्रमको मंसिर ९ गते गण्डकि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend