logo
  • सोमबार, असोज १२ २०८३

गाउँपालिकाको २५ लाखले मगर भाषा कक्षा चल्दै, एक वर्षमा प्रशिक्षक तयार हुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २९ ।
बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित मगर भाषा कक्षा सञ्चालनको ६ महिना पुरा भएको छ।
बडिगाड गाउँपालिकामा झण्डै ५१ प्रतिशत मगर जातिको वसोवास भएपनि मगर भाषा लोप भएको भन्दै गाउँपालिकाले नै वजेट विनियोजन गरेर भाषा कक्षा संचालन गरेको हो। गाउँपालिकाले २५ लाख विनियोजन गरि मगर भाषा संरक्षणमा लागेको हो। गाउँपालिकाका भित्रका २५ जना सहभागिलाई एक वर्ष सम्म तालिम संचालन गरि गाउँ गाउँमा भाषा कक्षा संचालन गरिने गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताउनु भएको छ।
बडिगाड क्षेत्रमा १८ औं सताब्दी सम्म मगर भाषा वोलिए पनि वाइसे, चौविसे राज्य संगै मगर भाषा लोप भएको मानिन्छ। हाल भाषा कक्षाको लागि तनहुँका मगर भाषा प्रशिक्षक आस वहादुर थापाले सो कक्षामा सहजिकरण गरिरहनु भएको छ।

सहभागिलाई मासिक ८ हजार भत्ता सहित तालिम दिइएको र तालिम पश्चात तिनै प्रशिक्षार्थीलाई प्रशिक्षकको रुपमा विकास गरि भाषा कक्षा संचालन गर्ने योजना गाउँपालिकाले वनाएको छ। गाउँपालिकाले भाषा संगै संस्कृति संरक्षणमा पनि जोड दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend