साझा नेटवर्क
साझा नेटवर्क, बुटवल कार्तिक २७ ।
नेपाल आइडलबाट चर्चामा आएका अफसर अलिको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आएको छ । विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत “यहि मुटु हो”को दृश्य निर्माण अविरल फिल्म्सले गरेको हो ।
म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गरेको छ । पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा श्रीन्गार सगुन शर्माको रहेको छ ।
गीतमा आशिका अधिकारी, ओमहरि आचार्य, विजय अर्याल र कुलचन्द्र पुरीको अभिनय रहेको छ । यसभन्दा पहिले दर्शक श्रोताको मन जित्न सफल सर्जक विजय अर्यालको यो भने पहिलो आधुनिक गीत हो । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतलाई झलक संगीतमले एरेन्ज गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend