logo
  • शुक्रबार, असोज ९ २०८३

खर्वाङमा बालिकाहरुको नमुना काम, बिच बजारमा प्रतिक्षालयको उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २२ ।
बडिगाड गाउँपालिका २, खर्वाङको विच वजारमा निर्मित प्रतिक्षालयको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रतिक्षालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले युवाहरुलाई संस्कृति संरक्षण सँगै विकास निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ । रिभर साइड गर्लस् समुह बडिगाड २ खर्वाङले देउसी भैलो कार्यक्रमवाट उठाएको रकमवाट सो प्रतिक्षालय निर्माण हुनु निकै सुखद् भन्दै उपप्रमुख भुसालले सवै भैली संस्कृति संरक्षण संगै विकासमा जोडिनुपर्ने वताउनु भयो । कार्यक्रममा खर्वाङ वजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेल, दगातुन्डाडा सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद खरेल, उद्योग वाणिज्य संघ खर्वाङका अध्यक्ष खगिश्वर अर्याल, मिलन कृषि व्यावसायीक सहकारी संस्थाका अध्यक्ष दिन वहादुर केसि लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रम गर्लस् समुहका अध्यक्ष सुनिता कार्किको अध्यक्षता, उपाध्यक्ष प्रतिक्षा जिसिको स्वागत मन्तव्य तथा सचिव वर्षा भुजेलको संचालनमा सम्पन्न भएको थियो । वालिकाहरुको सो समुहले गत वर्षको भैलिवाट संकलन गरेको ५० हजार र ६५ हजार ऋणमा गरि कुल १ लाख १५ हजारमा सो प्रतिक्षालय निर्माण भएको हो।

यस वर्षको देउसीवाट सो रकम तिर्ने योजना भएको समुहकी अध्यक्ष सुनिता कार्किले वताएकि छन् । सो समुहमा विद्यालय उमेरका वालिकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend