साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्त्तिक २१ ।
गुल्मीको रेसुङ्ग गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईगाइपूजा भएको गरेका छन् । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर गुल्मीको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गर्दै आएको छ ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसी गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । औंशीको अबसरमा जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गर्दछ ।
गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन,तेल,रोटी,चामलको पिठो लगायत खुवाउने गर्दछन् । हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहि आएको छ । गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्ड्य लाभ हुने धार्मिक मान्यता रहेको छ ।
रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।
रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।
गौशालामा हाल झण्डै २ सय गाईगोरुहरु रहेका छन् । स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । रेसुङ्गासँगै गौशालाको पर्यटकिय महत्व वढाउनको लागी प्रचार प्रसारमा सबैको ध्यान जान जरुरी रहेको रेसुङ्गा संरक्षण समिति गुल्मीका उपाध्यक्ष नवराज भुसाललले बताए ।
उनले संरक्षण समितिले रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वडामा प्रत्येक घरबाट दिनको १ रुपैयाँ दान गर्ने व्यवस्था अभियान सुरु गरेको बताए । अभियान रुवरुप हाल ४ सय घर परिवार सदस्य बनेको उपाध्यक्ष भुसालले बताए । यो अभियानलाई सबै ठाउँमा फैलाइदै लगिने उनको भनाइ छ ।
गौशालालाई गाइ अनुसन्धान केन्द्र बनाउनको लागि योजना बनाइएको बताए । गाईको पिसावबाट बिभिन्न रोगहरुको निम्ति औषधी हुने हुँदा प्रशोधन लागि पनि ब्यवस्था गरिने उपाध्यक्ष भुसालले बताए ।
प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोक हुने अबस्था गाइलाई बचाउनको लागि पनि संरक्षण तर्फ ध्यान दिएको उनको भनाई छ । गौशालको धार्मिक ऐतिहासिक तथा पर्यटकिय बृहत्तर बिकसको निम्ति राज्यले पनि बिशेष ध्यान दिनुपर्नेमा उपाध्यक्ष भुसालले जोड दिए ।
हिन्दु गाई मात्र होइने गाईको गहुँतको पनि उत्तिकै महत्व रहेको छ । धार्मिक स्थलसँगै रहेको गौशालाको प्रचार प्रसारमा कमी भएको रेसुङ्ग नगरपालिका ७ का सुर्य पनथीले बताए ।
उनले यसक्षेत्रको धार्मिक तथा पर्यटकिय महत्वलाई अगाडी ल्याउन बाटोसँगै अन्य धेरै पूर्वधारका बारेमा सोच्नुपर्नेमा जोड दिए ।












© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend