logo
  • सोमबार, असोज १२ २०८३

सरकारले आफ्ना माग पुरा नगरेको भन्दै शिक्षकहरु आन्दोलित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १६ ।
सरकारले आफ्ना माग पुरा नगरेको भन्दै बडिगाड गाउँकार्यपालिकाको कार्यलय मा शिक्षकहरुले धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ बडिगाड को आयोजनामा अधिकार र कर्तव्यको लागि सम्पूर्ण शिक्षक एवं विद्यालय कर्मचारी एक हौं भन्ने नारासहित विरोध तथा धर्ना दिएका हुन्। सो कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ तदर्थ समिति बागलुङका सहसचिव जित वहादुर थापाले शिक्षकहरुलाई तह लगाएर गुणस्तर वढाउने सपना नदेख्न सरकारलाई चेतावनी दिनुभएको छ। थापाले स्थानिय तहले जारी गरेको शिक्षा नियमावलीले संविधानलाई नै अवमुल्यन गरेको आरोप लगाउनु भएको छ। केन्द्र तथा प्रदेशमा शिक्षा ऐन नवन्दै स्थानिय पालिकाले वनाएको भन्दै असन्तुष्टि पोख्नुभएको हो। नेपाल शिक्षक महासंघले आज देशैभर स्थानिय तह कार्यालयमा धर्नाको लागि शिक्षकहरुलाई आह्वान गरेको थियो। महासंघले असोज १६ गते देखि प्रचार प्रसार गरेको र कार्तिक १६ गते देखि १ महिना विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको छ। सरकारले समय समयमा गरेका सम्झौता समेत कार्यान्वयन नगरेको भन्दै २६ वुँदे माग सहित आन्दोलनमा गएको हो। नेपालमा ५७ हजार भन्दा वढि अस्थायी, ३८ हजार भन्दा वढि राहत, ३६ हजार भन्दा वढि वालविकास केन्द्रका सहजकर्ता र ६४ हजार भन्दा वढि स्थानिय श्रोतमा तलवभत्ता खाने शिक्षकहरु कार्यरत छन्। अस्थायी शिक्षकहरुको लागि स्थायी प्रक्रिया चलिरहेको भए पनि अन्यको लागि सरकारले कुनै व्यावस्था गर्न सकेको छ्रैन। शिक्षकहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

यसै विच नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाको आयोजनामा विरोध तथा धर्ना कार्यक्रम नगरकार्यपालिकाको कार्यालय वामी टक्सारमा गुल्मीमा सम्पन्न भएको छ। सो कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सहसचिव रामकृष्ण कंडेलले निजामति कर्मचारीलाई तह लगाउन नसक्ने अनि आफैलाई शिक्षा दिएका गुरुहरुलाई अपमानित गर्दै जथाभावि नवोल्न राज्य संचालकहरुलाई चेतावनी दिनुभएको छ।

राज्यले माग पुरा नगरे सम्म आन्दोलन नरोकिने भन्दै सवै शिक्षक जाग्ने वेलाआएको वताउनु भएको छ। कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सदस्य रामचन्द्र सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष ज्ञानहरी सापकोटा, नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र रिजाल, लगाएतले वोल्नु भएको थियो।

शिक्षकहरुको टोलीले मुसिकोट नगरपालिकाका निमित्त नगरप्रमुख प्रकाश काफ्ले र शिक्षा विभाग प्रमुख अमर थापा लाई केन्द्रले जारी गरेको २६ वुँदे मागपत्र समेत वुझाएको थियो। कार्यक्रम नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिका का अध्यक्ष राम वहादुर थापाको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ मुसिकोट सचिव सरोज वौद्धचार्यको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend