साझा नेटवर्क
मणि लामा, कतार ।
“भाषा, धर्म, लिपि, संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” भन्ने उदेश्यका साथ सन् २०१६ मा स्थापना भएको म्हेन्दोमाया समाज कतार द्वारा “चौथो बनभोज तथा भेटघाट” २०१८ कार्यक्रम नोभेम्बर २ तारीख शुक्रबारका दिन कतार स्थित समाल गार्डन् मा भब्य रुपमा सम्पन्न भएको छ ।
प्रथम उपाध्यक्ष गौतम तामाङको स्वागत मन्तव्य सँगै औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रम समाजका महासचिव अमृत तामाङले संचालन गरेका थिए । म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ रहेको थियो ।
त्यस्तै अतिथिहरुमा तामाङ समाज कतारका संरक्षक सुक बहादुर तामाङ, सल्लाहकार माइला वाइबा तामाङ, ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष अशोक सिङ्दाङ तामाङ, नेपाल तामाङ कलाकार संघ कतारकी अध्यक्ष सविना तामाङ, सगु प्रोडकशनका कार्यकारी निर्देशक गणेश अधिकारी लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकार हरुले तामाङ जातिको संस्कृति झल्किने नृत्य र गायन मार्फत उपस्थिति सबैलाई थप मनोरञ्जन दिन सफल भएको थियो भने उक्त संस्कृति कार्यक्रम तामाङ समाज कतारको केन्द्रिय सदस्य सुवास तामाङ र म्हेन्दोमाया समाज कतारकि सचिब कुमारी तामाङले उत्कृष्ट रुपमा संचालन गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend