logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा एक जना मृत फेला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक १७ ।
गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ निवासी ६२ वर्षिय बलबहादुर बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिबबहादुर खत्रीले बताए ।

शुक्रवार दिउँसो घरबाट सम्पर्क बिहिन भएका बिकको शब शनिवार बिहान इस्मा गाउँ पालिका वडा नम्बर ६ चौरासी स्थित तम्घास सिमलटारी सडक खण्डको छेउमा फेला परेको प्रहरी नायव निरिक्षक खत्रीले बताए ।

बिकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ल्याएको प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend