logo
  • सोमबार, असोज १२ २०८३

मध्यपहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, एकको मृत्यू एक घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १७ ।
मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन्।

सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्ष ४० का मेनुका शर्माको ज्यान गएको हो भने उहाँका श्रीमान् वर्ष ४६ का ध्रुव रिजाल गम्भिर घाइते हुनुभएको हो। घाइतेको खर्वाङमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ। रिजालको टाउकोमा चोट लागेको छ।

दुवै जना तुरतुरे ताल हेरेर फर्किने क्रममा सडकवाट झण्डै सय मिटर तल बडिगाड खोलामा खसेका थिय। मेनुका लाई खोलाले वगाएको थियो। खारपानीमा उनको शव निकालिएको थियो।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङ बाट इस्पेक्टर ओम प्रकाश यादवको टोली ले घटनास्थलको मुचुल्का तयार गरेपछि शवलाई गुल्मीको मजुवामा पोष्टमार्टमको लागि पठाइएको खर्वाङ प्रहरी चौकीका प्रनानी लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ।

दुर्घटनामा पर्ने दुवैजना त्रिभुवन माविका शिक्षक हुनुहुन्छ। माध्यमिक तहको स्थायी शिक्षक रहेका ध्रुव र प्राथमिक तहको राहत शिक्षक रहेकी मेनुका ताल हरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

परिवारमा वृद्ध बाबा आमा सहित एक छोरा र एक छोरी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। घटनाले त्रिभुवन मावि भुवाचिदि सहित वजार नै शोकमा डुवेको छ।

कसरी भयो त घटना?

तुरतुरे ताल हेरेर फर्किने क्रममा आकाशेपुल नजिकै घुम्तिमा मोटरसाइकल नघुमि छेवैमा रहेको पोलमा ठोकिएको थियो। सो पोलमा मोटरसाइकल ठोकियपछि मोटरसाइकलको पछाडि रहेकी मेनुका उछिट्टीयर खोलामा पुग्नुभएको थियो र खोलाले वगाएको थियो।

चालक श्रीमान् ध्रुव भने छेवैवाट धसारिँदै केहि तल अड्किएको अवस्थामा संगै पछाडि आएका साथीले उद्धार गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend