logo
  • सोमबार, असोज १२ २०८३

पठन संस्कृतिको विकास गर्न बागलुङ पश्चिमका विद्यालयमा प्रशिक्षण चल्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १५ ।
पठन संस्कृतिको विकास गर्न तथा व्याक्तित्व विकासको लागि बागलुङ पश्चिमका विभिन्न विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन्। यसै विच ढोरपाटन नगरपालिका खुंगामा रहेको प्रकाश माध्यमिक विद्यालयका कक्षा ९ र १० विद्यार्थीहरुको लागि सो कार्यक्रम सम्पन्न गरिएको छ। दुवै कक्षाका गरि १३० जना विद्यार्थीलाई सो कार्यक्रममा राखिएको हो।
विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने, पठन संस्कृतिको विकास गर्न उत्प्रेरण जगाउने गरि प्रशिक्षण दिइएको प्रशिक्षक तथा तमानखोला गाउँपालिकाका लेखापाल याम वहादुर थापा मगरले जानकारी दिनुभएको छ। प्रकाश माविका प्रधानाध्यापक दुर्गा वहादुर थापाले भन्नुभयो “प्रत्येक विद्यालयमा संचालन गर्ने कार्यक्रम रहेछ, तालिम पछि विद्यार्थीहरु उत्साहित देखिए” । धनगौ ज्योती माविका तमानका शिक्षक प्रेम विकले प्रशिक्षण उत्प्रेरणमुलक भएको र विद्यार्थीहरुमा सिकाई उर्जा मिल्ने वताउनु भएको छ। यस अघि तमानखोलाको धन गौ ज्योती मावि, बोंगादोभानको जागृति मावि मा पनि सो तालिम संचालन गरिएको थियो।
सो तालिममा स्थायी साथी किताव वनाउनु पर्ने, पुस्तकालयमा अध्ययन गर्ने वानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकको फोटो मात्रै सामाजिक संजालमा राख्ने, जन्मदिन, नयाँ वर्ष, दशैं, तिहार जस्ता चाडपर्वमा पुस्तक उपहारको संस्कार विकास गर्ने, वालकलाको विकास गरि व्याक्तित्व विकासमा ध्यान दिने, दयालाग्दो जिवनशैलीलाई डाहालाग्दो जिवनशैलिमा रुपान्तरण गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा लाग्नुपर्ने जस्ता विभिन्न शैलीको अनुशिक्षण गरिने प्रशिक्षक थापा मगरले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend