साझा नेटवर्क
बुटवल, कार्तिक १५ ।
दाङको भालुबाङ स्थित बेवारिसे अबस्थामा फेला परेको शवको छौटौ दिन पहिचान खुलेको छ । नेकपा (मसाल)का सदस्य, राजमो नवलपरासीका जिल्ला सदस्य, युवक संघका जिल्ला सचिब बर्दघाट निवासी शिव रोका शव रहेको थियो ।
रोका कार्तिक ५ गते सबेरै मर्निङ वाकमा घरबाट निस्केका न फर्किदा मृतका भाईले कार्तिक १२ गते सामाजिक सन्जाल फेशबुक मार्फत आफ्नो दाजु हराएको सुचना सम्प्रेषण गरे पश्च्यात कार्तिक ७ मा भालुबाङ स्थित भेटिएको ब्यबारिसे शव हुन सक्ने जिल्ला प्रहरीले भालुबाङले जनाएको थियो । मृतका भाई जिल्ला प्रशासन कार्यालय भालुबाङ गइ बुज्दा तस्बिरको आधारमा हेर्दा आफ्नै दाजुको शव रहेको पुष्टि भएको हो ।
प्रहरीको बयान अनुसार शव कार्तिक ७ गते नै बेवारिसे अबस्थामा फेला परेको मृतको साथमा कुनै प्रमाण न रहेको हुदा भालुबाङ स्थित बिभिन्न पत्र पत्रीकामा सुचना प्रबाह गरेता पनि निजको परिवार आफ्न्त कोही सम्पर्कमा न आउँदा शवको पैचाहन खोल्न कठिनाइ भएको र पोस्टमार्टमको लागि शवलाई काठमाडौ पठाई पुन भालुवाङ ल्याई दफन गरिएको जिल्ला प्रहरी कार्यालय भालुबाङले बताएको छ । उनको आत्मा हत्य नभइ हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ भने पोस्टमार्टमको रिपोर्ट आए पछि सबै विवरण पत्ता लाग्ने बताए ।
पुन शवलाइ हिजो भालुबाङको राप्ती नदीमा अध्यक्ष रस्मिराज नेपालीले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि दाहसंस्कार गरिएको छ । रोका राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला सदस्य तथा बर्दघाट नगर उपाध्यक्ष तथा कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीवी बिभागका पुर्व कार्यसमिति सदस्य समेत रहेका र स्थानीय चुनावमा समेत जन प्रतिनिधिको उमेदवारी हुन । मानव तस्कारहरुको बिरुद्धमा खुलेर बोल्ने बक्ता पनि हुन, रोकालाई राजमोका कार्यकारी युवक संघ नवलपरासीका अध्यक्ष कुल राज गौतमको संचालमा श्रद्धाञ्जली सभामा रा.ज.मो.नवलपरासी का अध्यक्ष रेम रानाले रोकाको परिचय प्रस्तुत गर्दै उहाँले पार्टीमा खेल्नुभएको भुमिकाको बिषयमा चर्चा गर्दै जुजारु कार्यकर्ता गुमाएकोमा दुःखद् प्रकट गरे।
युवक संघ का केन्द्रिय सदस्य चित्र एम.सि.ले युवक संघ झन्डा ओडाएर श्रद्धाञ्जली दिदै युवक संघमा उहाँ खेल्नु भएको भुमिकाको स्मरण गराउदै नेपाली कम्युनिस्ट आन्दोलनमा बिद्यार्थी जीवनकाल देखी नै सकृय कार्यकर्ताको भुमिका निर्वाह गर्दै आएका रोका जस्तो योद्धाको सधै अभाव खड्किरहने बिचार ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी उद्योग बाणिज्य संघ दाङ्ग तथा राप्ती उद्योग ब्यापार संघ का अध्यक्ष जगत पोख्रेल पनि शोक मन्तव्य राख्नुभएको थियो । शवको प्रकृति हेर्दा हत्या गरि फालिएको हुनसकने आशंका गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend