साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक १४ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।
सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षिय बिजय लिम्बु, गुल्मीको रेसुङा नगरपालिका २ का १९ वर्षिय नवीन बिक, सोही ठाउँका १८ वर्षिय बेबेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षिय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षिय बिशाल रायमाझीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।
मंगलवार राती ९ बजे रेसुङा नगरपालिका २ बाख्रेछेडाका पुर्ण बहादुर थकालीको घरमा लागु औषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो । उनिहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेस जस्तो देखिने दुलो २० ग्राम पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए ।
अहिले जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन मार्फत उनिहरुलाइ सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले धेरै जक्सनमा सूक्ष्म अनुसन्धान भएकाले कारबाही गर्दै जाने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend