साझा नेटवर्क

पाल्पा,कार्तिक १३ गते । गुणस्तरहिन मोटरबाटोको समाचार बनाउने पत्रकार सुनिल कार्कीलाई टेलिफोन मार्फत धम्क्याउने निर्माण व्यवसायी राम रानाले माफी मागेका छन् ।
जनता टेलिभिजनका पाल्पा समाचारदाता सुनिल कार्कीद्धारा संकलित सदरमुकाम तानसेनको सेन क्यापितानियो स्कुल वसन्तपुर कैलाशनगर हुँदै बतासेडाँडा जोड्ने सडकमा कालोपत्रेमा गुणस्तरहीन सामाग्री प्रयोग भएको सम्वन्धी जनगुनासो समेटिएको समाचार शनिवार जनता टेलिभिजनमा प्रसारण भएको थियो । समाचार आएपछि आइतवार साँझ रानाले पत्रकार कार्कीलाई टेलिफोन मार्फत धम्क्याएका थिए ।
सोमवार सो सम्वन्धी प्रेस बिज्ञप्ति बुझाउन जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुसामु रानाले आफूले गल्ती गरेको र आइन्दा यस्तो नगर्ने गरि माफी मागे । उनले प्रहरीमा लिखित रुपमा आइन्दा यस्तो गल्ती नगर्ने गरि प्रतिबद्धता गरेका छन,पाल्पाका डिएसपी बिनोद घिमिरेले तत्कालै टेलिफोन मार्फत उनलाई कार्यालयमा बोलाएका थिए ।
बाटो निर्माणको काम उपभोक्ता समिति मार्फत भएको भनिएपनि शिवम् एण्ड बर्दश निर्माण कम्पनीका राम रानाले यो कामको जिम्मेवारी लिएका थिए । उनै रानाले आइतवार साझ पत्रकार सुनिल कार्कीलाई समाचार नमेटाए जे पनि हुन सक्ने भन्दै टेलिफोन मार्फत धम्की दिएका थिए निर्माण व्यवसायी राना बिवादास्पद ठेकेदार हुन् । उनले यहाँका दर्जनौ योजना जिम्मा लिएर अलपत्र पारेका छन् ।
१२ लाख ७२ हजार ४ सय ५७ रुपैयाँ लागतमा निर्माण भइरहेको सेन्ट क्यापितानिय बसन्तपुर कैलाशनगर बाटोको काम सामान्य मर्मत सम्भार (टालटुल) गरेर छाडिएको छ भने साझा नेट्वर्कले समाचारलाई पार्थमिकताका साथ संपेषण गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend