साझा नेटवर्क

पाल्पा कार्तीक १२ गते । समाचार लेखेको भन्दै पाल्पाका पत्रकार सुनिल कार्कीलाई ज्यान मार्ने धम्की आएको छ ।
जिल्लाको सदुरमुकाम तानसेन देखि कैलाशनगर , वसन्तपुर , बतासेडाँडा जोड्ने सडकमा गुणस्तरहीन सामाग्री प्रयोग गरेर कालोपत्रे गरेको समाचार जनता टेलिभिजनमा रिपोटिङ किन गरेको भन्दै फोनमा ठेकेदारले पत्रकार कार्कीलाई ज्यान मार्ने धम्की दिएका हुन ।
शिवम एण्ड ब्रद्रर्श निर्माण कम्पनीका ठेकेदार राम रानाले जनता टेलिभिजका पाल्पा संवाददाता रहेका कार्कीलाई आइतबार बेलुकी ६ः२१ मा फोन गरेर तत्काल समाचार हटाउन र नहटाए ठिक नहुने भनि धम्काएका हुन ।
निर्माण कम्पनिका ठेकेदार राना स्याङजाका हुन । उनको शिवम एण्ड ब्रदर्श निर्माण कम्पनिले हाल कैलाशनगर–वसन्तपुर–बतासेडाडा जोड्ने सडकमा कालोपत्रेको काम गरिरहेको छ । निर्माण कम्पनिले समयमै काम नगरेपछि तानसेन नगरपालिकाले सडक निर्माणको लागि जेठको आन्तिम हप्ता उपभोक्ता समिति गठन गरेको थियो । हाल उपभोक्ता समितिले कामको जिम्मा लिएर निर्माण कम्पनि शिव्म एण्ड ब्रदर्श मार्फत काम गरेको छ ।
सकड कालोपत्रेको लागि निर्माण कम्पनीले निर्माण सामग्री, लेबरको जिम्मा लिएको छ । यसमा उपभोक्ता समितिले कामको अनुगमन गर्दै आएको छ । स्वयम उपभोक्ता समिति नै काम प्रति असुन्तुष्ट छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend