logo
  • सोमबार, असोज १२ २०८३

राष्ट्रिय जनमोर्चा मुसिकोटको अध्यक्षमा भानुभक्त खरेल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिश शर्मा गैरे, गुल्मी कार्तिक ११ ।
राष्ट्रिय जनमोर्चा मुसिकोट नगरकार्य समितिको अध्यक्षमा भानुभक्त खरेल निर्वाचित भएका छन् । आज वामीमा भएको भेलाले अध्यक्षमा खरेल सहित ११ सदस्यीय कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा चेत बहादुर पेमी, कोषाध्यक्षमा रेणु प्रधान, सचिबमा इश्वरी प्रसाद आचार्य, सहसचिबमा कमल सुनार रहेको छन् ।

त्यसैगरी सदस्यहरुमा बाबुराम खरेल, केशर बिक, महेन्द्र सिँह, हरि प्रसाद घिमिरे, ठग बहादुर पुन जना एक सदस्य रिक्त रहेकामा पछि परिपुर्ति गरीने बताइएको छ । साथै मोहनलाल श्रेष्ठ, रेशम गीरि तथा गोपाल नेपाली सहितको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरीएको छ ।

अध्यक्ष भानुभक्त खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला बाग्लुङ्ग उपाध्यक्ष वेदिलाल सापकोटाको प्रमुख आतिथ्यता तथा गुल्मी जिल्ला सचिब छविलाल सर्तुङ्गे, जिल्ला सदस्य हरी न्यौपाने तथा गल्कोट नगरकार्य समिति सदस्य नारायण सापकोटा लगायतको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा नर बहादुर महतको स्वागत रहेको थियो भने जिल्ला सचिब छविलाल सर्तुङ्गे, हरी न्यौपाने, मोहनलाल श्रेष्ठ, नारायण सापकोटा, ददिलाल सापकोटा लगायतले बोल्नुभएको थियो भने सञ्चालन इश्वरीप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend