logo
  • सोमबार, असोज १२ २०८३

प्रथम बडिगाड महोत्सवको तयारी चल्दै, प्रत्येक वजारमा उपसमिति गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १०।
प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को तयारीको लागि बडिगाड गाउँपालिका भित्रका मध्यपहाडि लोक मार्गमा पर्ने स्थानिय वजारहरुमा वजार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले महोत्सव वडिगाड भित्रको संस्कृति प्रवद्र्धन गर्न र पर्यटन विकासको आधार निर्माण गर्न सफल हुने दावी समेत गर्नुभएको छ। बडिगाड गाउँपालिका भित्रका भिमगीठे, खाल र खर्वाङ बजारमा अन्तरक्रिया सम्पन्न भएको हो। सो अन्तरक्रिया वाट प्रत्येक वजारमा छुट्टा छुट्टै गेट निर्माण तथा सजावट उपसमितिहरु गठन गरिएको छ। जस अन्तरगत खर्वाङ बजारमा टंक भुजेलको संयोजकत्वमा ९ सदस्यिय समिति गठन गरिएको छ। जसको सदस्यहरुमा हितमान शेरचन, विष्णु केसि, मन वहादुर थापा, धन वहादुर अधिकारी, चन्द्र वलामी, लाल वहादुर केसि, तिल वहादुर खत्रि र धन वहादुर वुढा रहनुभएको छ। त्यस्तै खाल वजारमा समशेर प्रताप सिंहको संयोजकत्वमा ७ सदस्यिय समितिको गठन गरिएको छ।

जसको सदस्यहरुमा चित्र अर्गेजा, धन वहादुर थापा, दिपेन्द्र थापा, कोपिल थापा, दिपक थापा र कृष्ण केसि रहनुभएको छ। त्यस्तै भिमगिठे वजारमा खिम वहादुर केसिको संयोजकत्वमा १७ सदस्यिय समितिको गठन गरिएको छ।

जसको सदस्यहरुमा हरिषचन्द्र केसि, हुम वहादुर केसि, वुद्ध वस्नेत, राजेन्द्र खत्रि, रुपा केसि, प्रकाश केसि, टिपुरे सुनार, दिपक केसि, पान वहादुर केसि, लिला कुँवर, लक्ष्मण चालिसे, टोप वहादुर केसि, रमेश केसि, गोपाल पाण्डे, जित वहादुर थापा, पार्वती केसि रहनुभएको छ।

वजार अन्तरक्रिया उपसमितिका संयोजक ढालेन्द्र शेरचन नेतृत्वको टोलीमा बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रका उपाध्यक्ष कृष्ण भट्राई, सहसचिव कमल चालिसे, विभिन्न उपसमितिका संयोजकहरु राम वहादुर कुँवर, वुद्ध परियार, कृष्ण घिमिरे लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend