साझा नेटवर्क
सज्जन ढकाल, बुटवल कार्तिक ९ ।
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित संगै सामाजिक एकता भन्ने मुलनाराका साथ रुपन्देहीको मुर्गियामा तेश्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव कार्तिक ८ गते प्रदेश न ५ का मुख्य मन्त्री सङ्कर पोख्रेलले समुदघाटन गरेका छन ।
महोत्सव तथा व्यापार मेला कात्तिक ८ गते देखि १८ गतेसम्म सन्चालन गरिने छ । जहाँ २१६ वटा स्टलहरु राखिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी कृषि तथा दुग्दजन्य पदार्थ, रङ रोगन, गलैचा, तयारी पोसाक निर्माण सामाग्री शैक्षिक तथा सेवा मुलक १९६ वटा स्टल रहेका छन । त्यस्तै २० वटा होटल तथा रेस्टुरेन्टका स्टलहरु रहेका छन ।
कार्यक्रम अवधिभर लगभग दश करोडको कारोबार हुने र कार्यक्रम अवधिभर डेढ लाख दर्सकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजक स्रोतले राखेको छ । महोत्सव सैनामैना रामनगरमा रहेको पर्होहा उच्च मा.बिको प्राङ्गणमा तथा खेल मैदानमा सन्चालन गरिएको छ ।
कार्यक्रम तथा व्यापार मेलामा प्रवेशको लागि रु ५० को टिकट तय गरिएको छ । विद्यार्थी परिचय पत्रको आधारमा सौलियत तथा छुट दिदै विद्यार्थीलाई रु ३० को टिकट उपलब्ध गराइएको छ । बालबालिका, अपाङ्ग, तथा ७० वर्ष माथिका वृद्ध नागरीकहरुलाइ नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचार प्रसार समितिका संयोजक देबिन्द्र ढकालले जानकारी गराउनु भयो ।
महोत्सव सैनामैना व्यापार संघ र उद्योग बाणिज्य संघले प्रत्यक वर्ष आलोपालो सहमती अनुसार आयोजना गर्ने गरेको छ । यसवर्ष सैनामैना व्यापार संघ मुख्य आयोजकको रुपमा रहेको छ । त्यस्तै सह-आयोजकको रुपमा व्यापार तथा निकासी प्रवर्धन केन्द्र ललितपुर, जिल्ला समन्वय समिती रुपन्देही, सैनामैना नगरपालिका, रुपन्देही व्यापार संघ बुटवल, रुपन्देही उद्योग संघ बुटवल, सैनामैना उद्योग बाणिज्य संघ, कन्चन, गैडहवा, सियारी र सुद्धोदन गाउँपालिका रुपन्देही रहेका छन । प्रवधक नेपाल पर्यटन बोर्ड र सहयोगी सस्था मुर्गिया खानेपानी सस्थान रहेको छ ।
उक्त समुदघाटन कार्यक्रममा विशेष गरि प्रदेश न ५ का मुख्य मन्त्री सङ्कर पोख्रेल, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता खिमलाल भट्टराई, सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कि, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहि जिल्ला कार्यकमिटी सदस्य खुसिराम चौधरी, नरबहादुर घर्ती मगर, नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला उपसभापति फडेन्द्र शर्माको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री सङ्कर पोख्रेलले बिकास परिवर्तन र समृद्धिमा कृषि पर्यटन तथा व्यापार महोत्सवको ठूलो भुमिका रहने उल्लेख गर्नु भएको थियो । त्यस्तै यश क्षेत्रको बिकास परिवर्तन र समृद्धिनै आफ्नो मुख्य एजेण्डा रहेको र निरन्तर जनमुखी योजना ल्याउदै यश क्षेत्रका प्रचुर समृद्धिका संभावनालाई अगाडि लैजाने खिमलाल भट्टराईले विशेष रुपमा सम्बोधनको क्रममा बताउनु भयो ।
विशेष गरि मेलामा दर्सक महानुभावहरुलाइ आकर्षित गर्नका लागि वडा स्तरिय लोकदोहरी गित, सेल्फिजोन प्रतियोगिता र बम्पर उपहार राखिएको छ । मेलामा बिद्यालय स्तरिय नृत्य प्रतियोगिता, तेरश्रो सैनामैना डान्सिङ आइडल २०७५, मम्मी डान्स, बालबालिकाका लागि बाल उद्यान, झुला, पिङ लगायत अन्य मनोरञ्जनका मनग्य साधनहरु पनि सन्चालन गरिएको छ ।
मेलामा स्वदेशी तथा विदेशी वस्तुहरुको प्रदर्शन तथा बजारिकरण गरिने, स्थानिय उत्पादन तथा व्यवसायलाई व्यापक प्रचार प्रसार गरी सैनामैना नगरपालिकालाई ग्राम द बिज्नेस भिलेजको रुपमा बिकास गरिने मेलाको मुख्य लक्ष्य र उदेश्य रहेको मेलाका संयोजक जिवनाथ पाण्डेले जानकारी गराउनु भयो ।
व्यापार महोत्सवको द्रोस्रो दिन तथा कात्तिक ९ गते राष्ट्रिय लोकदोहरी गायक दिपक गरौजा मगर गायिका सान्ती श्री परियार, हास्य कलाकार पुर्सोत्तम भण्डारी (पुर्खे बा) र स्थानिय कलाकार अनुराग सुनारको विशेष प्रस्तुती रहेको थियो । विशेष गरि तेर्स्रो सैनामैना डान्सिङ आइडल कार्यक्रम मदन थापा र सास्कृतिक कार्यक्रम सुरज थापा मगरले सन्चालन गर्नु भयको थियो ।
मेला तथा महोत्सवको तेश्रो दिन १० गते विशेष गरि राष्ट्रिय लोकदोहरी गायक प्रजापती प्राजुली, लोकदोहरी गायिका सम्झना भण्डारी, सौगात सायर र बिधान कार्किको उपस्थिति रहने आयोजक स्रोतले जानकारी गराएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend