साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक ८ ।
गण्डकि प्रदेश संसद सदस्य चन्द्र बहादुर वुढा सागरले संघियता मार्फत राजनैतिक अधिकार प्राप्त भएकोले अव विकासको अभियानमा लाग्न सवैलाई आह्वान गर्नुभएको छ।
कोजाग्रत पूर्णिमाको अवसरमा दगातुन्डाडा पूर्णिमामेलालाई सम्बोधन गर्दै वुढाले जनता अधिकार सम्पन्न नभएसम्म विकास हुन नसक्ने र अवको क्रममा विकासको नविन पद्धतिमा जोडिनुपर्ने वताउनु भएको छ। सांसद बुढाले बडिगाड गाउँपालिकाको वडा नं. १ केन्द्रिय तथा प्रदेश वजेटमा छुटेको भन्दै आगामी वर्ष प्राथमिकतामा वजेट विनियोजन हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। मौलिक संस्कृति र सभ्यता राष्ट्रको चिनारी भएकोले त्यसलाई जोगाउन सवै एकतावद्ध भएर लाग्नु पर्ने वताउँदै वुढाले प्रत्येक गाउँलाई उत्पादन संग जोड्नु पर्ने वताउनुभएको छ।
कार्यक्रममा बडिगाड संस्कृति संरक्षण केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराई, बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम मेला आयोजक समितिका अध्यक्ष वेद प्रसाद पोखरेलको अध्यक्षता, चिसापानी युवा क्लवका अध्यक्ष रमेश वुढाथोकीको स्वागत मन्तव्य तथा सचिव हरिलाल नेपालीको संचालनमा सम्पन्न भएको थियो।
चिसापानी युवा क्लवको आयोजना, खड्क देवि गुठी समितिको प्रवद्र्धन मा भएको कार्यक्रममा सरायँनाच, भैलो, सोरठी, भजन सहित साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो। दगाकोतमा सय वर्ष भन्दा पहिले देखिनै सरायँनाच नाचिँदै आएको छ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend