logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा जिप दुर्घटना एकको मृत्यु, १६ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी कात्तिक ७ ।
गुल्मीमा जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको इस्मा गाउँपालिका २ छल्दी पनाहा नजिकै डबल क्याप भएको लु १ च ७३७० नम्बर जिप दुर्घटनामा परेको हो ।दुर्घटनामा इस्मा गाउँपालिका २ पालुखा निवासी १४ वर्षका बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । घाइते केसीको उपचारको लागि तम्घास ल्याउने क्रममा मत्यु भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका २ पालुखाका निवासी ६५ वर्षिय बेलकुमारी कुवँर, १४ वर्षिय रबिन कुवँर, ५२ वर्षिय कमला केसी, ३३ वर्षिय कल्पना राना, ११ वर्षिय बिशाल थापा, १४ वर्षिय पबित्रा केसी, २६ वर्षिय करिश्मा कुवँर, २९ वर्षिय चालक प्रेम कुवँर, १२ वर्षिय अर्जुन केसी, १३ वर्षिय रेशम केसी, १९ अनुसा पन्थी, १२ वर्षिय कबिता मुखिया, ८ वर्षिय शुश्मा मुखिया, ५९ वर्षिय कमला पन्थी घाइते भएका छन् ।

अन्य घाइतेहरुको नामावली आउने क्रममा रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । धेरै यात्रु सवार रहेकाले घाइतेहरुको संख्या बढन सक्ने प्रहरीले जनाएको छ ।

जिप जिल्लाको सदरमुकाम तम्घासबाट पालुखा जाँदै गरेको थियो । जिपमा जोगिथुमबाट पूर्णिमा मेला हेरेर फर्किने यात्रुहरु धेरै चढेर उकालोमा ओभर लोड भएर ब्रेक फेल हुँदा दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका हवल्दार देबिप्रसाद पौडेलले बताए ।

घाइते मध्ये चालक गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिब ६० मिटर खसेको छ । मेला हेरेर फर्किन यात्रु भएकाले कति यात्रु थिए भन्ने बारे जानकारी नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend