साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ ।
नेपालमा लोकप्रिय हुदै गएको सौन्दर्य प्रतियोगिताहरुलाई बिस्वस्तरिय बनाउने, सौन्दर्य ब्यबसायीकर्मीहरुको क्षमता अभिबृदी गर्ने तथा उनीहरुलाई ब्यबसायिक बनाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन लामो समय देखि योगदान पुर्याउदै आएका पेजेण्ट डाइरेक्टर निशु झा सौन्दर्य प्रतियोगिताको माध्यम मार्फत मुलुकलाइ आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रमा बिसेष योगदान पुर्याउदै आएका व्यक्तित्वको रुपमा मुलुकभर परिचित छन् ।
उनको यहि योगदानको उच्च मुल्यांकन गर्दै तथा नेपाली कलाकारिता क्षेत्रलाई पु¥याएको बिशेष योगदानको कदर स्वरुप शिखर नेपालले उनलाई सम्माननिय पुर्ब राष्ट्रपति रामबरण यादबको हात बाट शिखर सम्मान – २०७५ बाट सम्मानित गरेको थियो । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पु¥याएको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको थियो ।
पेजेण्ट डाइरेक्टर झाको निर्देशनमा बालबालिका, युवा, युवती र विवाहित महिलाहरुसँग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन् । सन् २००८ बाट उनि इभेन्ट उनी म्यानेजमेन्टमा तर्फ उन्मुख भए उक्त समय उनीसँग ‘परम्परा, संस्कृति र मोडल अफ द इयर विथ मिस इन्डिया’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभवहरु संगालेर उक्त अनुभवले इभेन्ट म्यानेजमेन्टको पहिलो पाइलामै सफलता हात पार्न सफल समेत भएका थिए ।
उनले सन् २०१३ मा रिबन इन्टरटेनमेन्ट प्रालि सुरु गरे, जुन कम्पनीले अहिले वर्षमा दर्जनौ भन्दा बढी उत्कृष्ट सुन्दरीहरु उत्पादन गर्दै आएको छ भने नेपालमा प्रतिष्ठित पेजेण्ट डाइरेक्टरको रुपमा समेत उनलाई परिचित गराएको छ । अहिले उनले उत्पादन गरेका सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिश्प्रधा गरेर ताज जित्न सफल भएका छन् भने रिबन इन्टरटेनमेन्ट प्रालि तथा पेजेण्ट डाइरेक्टर निशु झाको चर्चा चुलिदो रुपमा छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend