logo
  • सोमबार, असोज १२ २०८३

बस दुर्घटनामा ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, बुटवल कार्तिक ०४ ।
धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको छ ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ बसमा करिब ६० यात्रु सवार थिए। मध्य मृत्‍यु हुने ६ मध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४२ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइ राखेको बताए ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैया-१२ का ११वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका-२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक जनाको पहिचान हुन सकेको छैन।

गम्भीर घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनक कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend