logo
  • सोमबार, असोज १२ २०८३

रोकिएन पशु बलि मन्दिरहरुमा पशु बलि दिनेहरुको चाप


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, कार्तिक गुल्मी १ ।
बिजय दशमीको नवमी पर्व गुल्मीका बिभिन्न देवालय तथा शक्ति पिठहरुमा बिभिन्न पुजा आजा सहित मनाएका छन् । दशै पर्ब हिन्दु नेपालीहरुको ठूलो पर्व हो ।

आफनो परिवार तथा आफनो मनको कामना पुरा गर्ने उदेश्यले बिभिन्न मन्दिरहरुमा रागा, पाठा, हास, भेडा, कुखुर, परेवा लगायत पंक्षीलाई बलि दिने गरिने प्रचलन छ । यस वर्ष पनि गुल्मीका बिभिन्न देवालय तथा शक्ति पिठहरुमा पशु बलि दिनेहरुको उल्लेख्य सहभागिता नै देखियो । कतिपय साहाकारीले कुबिन्नो, काक्रा,मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । तर मन्दिरहरुमा पुँजा आजा गरेतापनि बिभिन्न पंक्षीलाई बलि दिन नहुने तर्क पनि उठने गरेको गर्दछ ।

दशैंको अबसरमा मन्दिरमा दिएने बलि प्रथालाई रोक्नु पर्ने एक तर्फको आवाजहरु रहेता पनि त्यो भने घटने देखिएको छैन् । नवमीको अबसरमा गुल्मीको मसिकोट,इस्माकोट,धुर्कोट,उजुङ्गकोट, छत्रकोट, चारपाला, लगायत मन्दिरहरुमा ठूलो मेलासँगै धेरै पशु बलिका साथ पुजा आजा सम्पन्न भएका छन् ।

परिवार जनको खुस,शान्ति तथा मनले आटेको पुरा गराउन पशु वलि दिएपछी देवता खुसी हुने भन्दै पशु वलि दिने प्रचल अझै पनि उत्तिकै मात्रामा रहि आएको छ । आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पुजाआराधना गरी दशमी को दिन दशमीको टिका प्रसाद ग्रहण गर्ने प्रचलन रहि आएको छ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend