logo
  • सोमबार, असोज १२ २०८३

मुसिकोट नगरपालिकामा बौद्धिक सम्मेलनको तयारी तिव्र


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी असोज ३१ ।
गुल्मीको मुसिकोट नगरपालिकामा हुने बौद्धिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। समृद्ध मुसिकोट नगरपालिको सम्भावना र चुनौतीको विषयमा सम्मेलनको आयोजना गर्न लागिएको हो। यहि कार्तिक ४ र ५ गते हुने सम्मेलनमा मुसिकोट नगरपालिका भित्रका विज्ञ व्याक्तित्वहरुको सहभागिता गराइने भएको छ।

सो सम्मेलनमा मुसिकोट नगरपालिका मा जन्म भइ विभिन्न देश तथा क्षेत्रमा रहेका व्याक्तित्वहरुलाई समावेश गरि नगरपालिका विकासको ठोस योजना तयार गरिने सम्मेलन आयोजक समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

मुसिकोट नगरपालिकाले गर्न लागेको सो सम्मेलनमा समृद्धिको लागि नागरिकको दायित्व, स्मार्ट सिटिको अवधारण र अभ्यास, समृद्धिको संभावना र चुनौती, शिक्षा, पूर्वाधार विकासको विषयमा प्राविधिक दृष्टिकोण लगाएतका विषयमा अवधारण प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

संभवत स्थानिय तहले नेपालमै पहिलो पटक गर्न लागेको सो सम्मेलनमा मुसिकोट नगरभित्रका प्राध्यापक, डाक्टर, इन्जिनियर, वरिष्ठ अधिवक्ता, समाजशास्त्री, पत्रकार, वरिष्ठ समाजसेविहरुको सहभागिता रहने छ। कार्यक्रममा परराष्ट्र मन्त्रि प्रदिप ज्ञवाली सहित गुल्मी का संघिय संसद तथा प्रदेश संसदका सांसदहरु, छिमेकी स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहने भएको छ।

आयोजकले तयार गरेको अवधारणा पत्रमा उपस्थित वरिष्ठ व्याक्तित्वहरुको टिप्पणी रहने र ५ गते मुसिकोट घोषणा पत्र जारि गरिने संयोजक काफ्लेले जानकारी दिनुभएको छ।

सो सम्मेलनवाट जारी गरिने घोषणा पत्रले आवश्यकताको पहिचान गर्ने, अपनत्व स्थापित गर्ने र नगरपालिकाको गुरुयोजना तयार गरि आगामी दिनमा हुने कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको संयोजक काफ्लेले जानकारी दिनुभएको छ।

सो कार्यक्रमकै अवसर पारेर वामी सेवा समिति जापानको मुखपत्र सन्देश अंक ३ विमोचन समेत गर्नेे भएको छ। सो कार्यक्रमको रेडियो सारथीले प्रत्यक्ष प्रसारण गर्ने छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend