logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीकी १४ वर्षिया सम्झना बिक आर्थिक अभावमा मृत्यु कुर्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक थापा , गुल्मी असोज २६ ।
गल्मी जिल्लाको मदाने गाउँपालिका वडा न-१ अग्लुङ गौराबारी निवासी लाल बहादुर बि क कि १४ बर्षिय छोरि सम्झना बि क आर्थिक अभाबमा बुटवल आम्दा हस्पिटलको सैयामा मृत्यु संग पैठेजोरी खेलिरहेकि छिन । बिहान बेलुका अरुको काम गरेर छाक टार्दै गुजार चलाउँदै आइरहेको यो परिवारमा यतिबेला एक्कासी विपति आईलागेको छ । बिगत तिन महिना देखि पाठेघर र मृगौलामा जालो सहित पिसाब र रगत खराबिका कारण सम्झना ग्रसित छिन।

उनको उपचारको लागि उनको बुबा लालबहादुर विगत देखि हस्पिटल बसिरहेका छन् । सम्झना बि.क का बुबा लाल बहादुर बि.क सहयोगको लागी सबै सघं सस्था तथा ब्यक्ति सँग यतिबेला हात थापिरहेका छन्।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रएको कारण विगतदेखि नै बिभिन्न सघं सस्था तथा ब्यक्तिहरुले सहयोग गर्दै आएपनि अझै उपचारमा लाग्ने प्रयाप्त रकम अभावमा उनको उपचार हुन नसकिरहेको उनका बुबा लाल बहादुरले जानाकारि दिएका छन् ।

पाठेघरमा मृगौलामा जालो सहित पिसाब र रगत खराबि भएका रोगहरुलाई निको पार्नको लागि दुई लाख देखि माथि खर्च लाग्ने डाक्टरले बताएका छन् । लाल बहादुरले छोरिको जिबन रक्षा को निम्ति हात जोडेर सबैसँग सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend