साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २४ ।
इस्मा गाउँपालिकाले गाउँपालिका स्तरिय बजार अनुगमन शुरु गरेको छ । दशै तिहार र छठ पर्व जस्ता चाडहरुलाई मध्येनजर गरेर गाउँपालिका विभिन्न बजारहरुमा अनुगमन शुरु गरेको छ ।
बुधबार गाउँपालिकाको वडा नं ५ को हुलाके र वडा नं ५ को बुल्म र चौरासीका बजारहरुमा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । आज पसलहरु दर्ता भए÷नभएको, प्यान तथा भ्याट बिल भए÷नभएको, साइनबोर्ड भए/नभएको, मुल्य सुचि, खरिद तथा बिक्री बिल, ढक तराजुको अवस्था, मासु पसलहरुको अवस्था, खाद्य सामग्री तथा पेय पदार्थहरुको म्याद भए /नभएको बारेमा अनुगमन भएको खत्रीले बताइन ।
साथै औषधी पसलहरुको पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मुल्य सुची नभएको, साइनबोर्ड नभएको, पान तथा भ्याट बिल नभएको, ढक तराजु नियमानुसार नभएको तथा होटल र मासु पसल सफा सुग्घर नभएको पाइएकाले पहिलो पटक सुधार गर्न र आफ्नो व्यावसायलाई कानुन अनुसार दर्ता गर्न आग्रह गरिएको अनुगमन समिति संयोजक नारायण महतले बताए । त्यस्तै अनुगमनको क्रममा धेरै कुरामा व्यावसायीहरु अनबिज्ञ रहेको, केहिले जानेर पनि हेलचक्राइँ गरेको र आफ्नो व्यावसायका प्रमाणपत्रहरु आफुहरुसंगै नराखेको फेला परेको अनुगमन समिति सदस्य गोकर्ण थापाले बताए । अनुगमन गाउँपालिकाका सवै स्थानमा र बिचबिचमा पुन छडके अनुगमन गर्ने योजना रहेको थापाले बताए ।
अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिमला खत्री, वडा नं ५ का वडाध्यक्ष बलानिधी भण्डारी, वडा नं ६ का वडाध्यक्ष हिरा जिसी, अनुगमन समिति संयोजक नारायण महत,सदस्य गोकर्ण थापा, पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्याल, धनार्जी प्रहरी इन्चार्ज नर बहादुर खड्का लगायतको सहभागीता रहेको थियो ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend