logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको अम्मरपुरमा श्रीमानद्वारा श्रीमतिलाई मरणाशन्य हुने गरि कुटपीट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी असोज २४।
गुल्मीको अम्मरपुरमा एक व्यक्तिले श्रीमतिलाई मरणाशन्य हुने गरि कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ६ बुल्म अम्मरका ६० बर्षिय भुवन मुखियाले ५० बर्षिया श्रीमति बिनी मुखियालाई कुटपीट गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेका श्रीमानको कुटाईबाट बिनीको मुख, टाउको र घाँटीमा चोट लागेको छ । भने शरिरका विभिन्न भागमा निल डाम रहेका छन् । आफु काममा गएको बेला आमालाई कुटेको छोरा शिब कुमालले बताए । बुबाले पहिले पहिले पनि अचेत हुनेगरि आमालाई कुटपीट गर्ने गरेको उनले बताए ।

थुप्रै पटक कुटपीट गरेर घाइते बनाएपछि आफुहरुले चन्दा संकलन गरेर श्रीमतिको उपचार गर्ने गरेको स्थानीयले जानकारी दिए । घाइते बिनीलाई इस्मा रजस्थलको एम्वुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल तम्घास र कुटपीट गर्ने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय पठाइएको धर्नार्जी प्रहरीचौकी इन्चार्ज नर बहादुर खड्काले बताए ।


प्रकाशित मिति : २४ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend