साझा नेटवर्क
साझा नेटवर्क।
नेपालीहरूको महानचाड वडादशैँ कार्तिक महिनाको २ गते शुक्रवारका दिन बिहान ९ बजेर ३९ मिनेटमा दुर्गापूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टिका र जमरा ग्रहण गर्ने उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित अमृत योगमा रहेको हुनाले दुर्गा भवानीले आफ्नो भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहुने विश्वास रहेको छ ।
यसदिन पूर्व फर्केर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहणगर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्णहुने शास्त्रोक्त कथन रहेकोछ ।
शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहण गर्न सकिनेछ । त्यस्तै कार्तिक ७ गते कोजाग्रत पूर्णिमाको दिन भरिनै जुनसुकै बेला पनि जमरा सेलाउन सकिनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend