साझा नेटवर्क
गहिरो प्रेम गरेपछि सधैं डरमा बस्नु पर्छ
उ आखाँको वरिपरि नजरमा बस्नु पर्छ ।।
तिमी त हिडि रहयौ सधै धन कमाउन
सन्तानको माया पाउन घरमा बस्नु पर्छ ।।
कति गर्छौ शंका दुु:ख गरेकि श्रीमति माथि
सँगै जिउन एक अर्काको भरमा बस्नु पर्छ ।।
गुनासो नगर तिमीले गाउँमा बसेर दु:खको
सुख सुविधाहरु पाउन त सहरमा बस्नु पर्छ ।।
नगर बाचुन्जेल कसै माथि भेदभाव तिमीले
आखिर चितामा शवलाई बराबरमा बस्नु पर्छ ।।
Süräj Brøës
अर्खले, गुल्मी
हाल : बिरानो मुलुक
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend