logo
  • सोमबार, असोज १२ २०८३

धार्मिक तथा शैक्षिक महोत्सवको प्रचार गर्न मोटरसाइकल र्‍याली


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असोज २०।
गुल्मीको हस्तिचौरको पालुखाको छल्दीमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ पालुखाको छल्दी स्थित पालुखा माबिलाई कक्षा ११ र १२ सञ्चालन गर्ने उदेश्यले यहि असोज २२ गतेबाट ३० गते सम्म सम्पन्न हुनलागेको धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरण पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक टिकाबहादुर रेश्मीले बताए ।
महोत्सवको प्रचार प्रसार गर्न भन्दै शनिबार महोत्सव हुने स्थल छल्दीबाट रातडाडा देखि हुलाके सम्म मोटर साइलकल र्याली समेत गरेका छन् । महोत्सवको सोमवार प्रदेश नम्बर ५ मा सामाजिक बिकास मन्त्री सुर्दशन बरालले गर्ने भएका छन् ।

महोत्सवको उद्घाट हुने असोज २२ गते सोमबार बिहान ७ बजे कलयात्रा र ११ बजे मञ्चको कार्यक्रम राखिएको बिद्यालयका प्रधानाध्यापक बावुराम खत्रीले बताए । कलश यात्राको लागि बिद्यालयका बिद्यार्थी बिभिन्न महिला समुहहरुलाई निमन्त्राण गरिएको खत्रीले बताए ।

महोत्सवको तयारी स्वरुप बिद्यालयमा मञ्च बनाउने देखि स्वागतको लागि बिभिन्न निर्माणका कामहरु अन्तिम चरणमा पुगेको बिद्यालयले जनाएको छ । उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक खत्रीले बताए ।

महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरिएको छ ।

महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेर तयारीलाई अन्तिम चरणमा पुर्याएको खत्रीले बताए । ९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ ।

२०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।

बिद्यालयलको आर्थिक अबस्था निकै दनिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले बिद्यालयको खर्च चलाउन स्थानियसँग चन्दा सहयोग र देउसी भैलो खेलेर समेत रकम सञ्चालन गरेर बिद्यालय चलाउदै आएको छ ।

सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् । महोत्सवबाट उठेको रकमबाट बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend