साझा नेटवर्क
झापा, असोज १९।
मेची महाकाली सेवा समाज नेपालले आफ्नो स्थापनार्थ एक वर्षमै नि:शुल्क सिलाई बुनाइ तालिम केन्द्रको स्थापना गरेको छ।
गत बुधबार झापाको बिर्तामोड नगरपालीका २ मा एक कार्यक्रमका बिच बिर्तामोड नगरपालीका २ का वडाध्यक्ष नेत्र प्रसाद संग्रौलाले रिबन काटेर तालीम केन्द्रको उद्घाटन गरेका थिए।कार्यसमिती अध्यक्ष पुस्पा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका बुद्दीजिबी, पत्रकार, कलाकारको व्यापक उपस्थिती रहेको थियो।
गत बर्ष जुनमा दोहा कतारमा बैदेसिक रोजगार गर्दै गरेका युवाहरुको परिकल्पनामा मेची महाकाली सेवा समाजको गठन गरि सिपमुलक तालीम केन्द्र स्थापना गर्ने लक्क्ष लिएको थियो।कार्यक्रममा बोल्दै नेपाल पुगेका संस्थाका कतार साखाका महा-सचिव लिला प्रसाद गौतमले यस उदेश्य पूरा गरेकोमा आफुहरुलाई एकदमै खुसी लागेको बताए।साथै गौतमले यस तालीमकेन्द्रको स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिए।संस्थाले अबको केही महिनामै झापाको चैतुबारीमा प्रौढ शिक्षा केन्द्र खोल्ने पनि गौतमले बताए।
कार्यक्रमको प्रमुख अतिथी नेत्र प्रसाद संग्रौलाले बिदेसमा दु:ख गरेर नेपालमा यस्ता सिपमुलक तालिम केन्द्र खोलेर नेपालमै युवायुवतीलाई स्वरोजगार बनाउने लक्क्ष लिएकोमा संस्थाका सदस्यलाई बधाई तथा धन्यबाद दिए।
कार्यक्रममा नेपाल पुगेका संस्थाका कतार साखाका अध्यक्ष दोर्ण प्रसाद भेटुवालले यस्ता तालीम केन्द्र देसका ७७ वटै जिल्लामा बिस्तार गरिने जानकारी दिए।साथै भेटवालले यस तालीम केन्द्र विशुद्द नि:शुल्क रहेको र टाढा बाट सिक्न आउनेलाई खानबस्नको पनि नि:शुल्क ब्यबस्था रहेको बताए।
कार्यक्रमको संचालन नेपाल पुगेका कतार साखाका महा-सचिव लिला प्रसाद गौतमले संचालन गरेका थिए।कार्यक्रममा कलाकार दिपेस प्रसाईले कार्यक्रममा उपस्थित सम्पुर्णलाई पेट मिचिमिची हसाएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend