साझा नेटवर्क
शिवलाल सुवेदी, गुल्मी असोज १९ ।
तीन बर्षदेखि संचालनमा रहेको बाख्रा विकास परियोजना सहकारीहरुलाई हस्तान्तरणसगै बजारीकरण सम्बन्धी वैठक सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपाल किसानका लागि उन्नन विउ विजन कार्यक्रम वाख्रा विकास परियोजना सहकारी हस्तान्तर गरेसगै उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीले बजारीकरणका लागि समेत पहल गदै वैठक आयोजना गरेको हो ।
उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीले परियोजना अन्तर्गत गठन भएको इस्मा कृषि तथा पशु महिला सहकारी संस्थाका दिदीवहिनीहरुलाई सहकारीवाट उत्पादित खसीवोकाको वजारीकरण सम्बन्धी अन्तरक्रिया वैठक सम्पन्न गरेको छ ।
गाउँपालिका उपाध्यक्ष विमला केसीको अध्यक्षतामा वसेका वैठकले जिउदो तौल गरेर खसी वोका सहकारी मार्फत विक्रि वितरण गर्ने निर्णय गरेको छ । साथै वैठकले जिउदो खसीवोकाको मुल्य गाउँपालिका भित्र एकरुपता गर्ने समेत निर्णय गरेको कार्यक्रम संयोजक भरत भण्डारीले बताए ।
उनका अनुसार २९ केजीसम्मको खसीवोकाको जिउदो मुल्य प्रतिकेजी ३ सय ४५, ३० केजीदेखि माथी ४० केजीसम्म ३ सय ६५ मुल्य कायम गरिएको छ भने ४० केजीदेखि ५० केजीसम्म ३ सय ८० रुपैया र ५१ क्ेजीभन्दा माथीको जिउदो खसीवोकाको मुल्य ३ सय ९० निर्धारण गरिएको छ ।
वैठकमा इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, विभिन्न वडाका वडा अध्यक्षहरु, गुल्मी उद्योग वाणिञ्य सघंका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, परियोजनाको गुल्मी जिल्ला कार्यक्रम अधिकृत सरोज श्रेष्ठ, मासु ब्यवसायी सघं गुल्मीका प्रतिनिधीहरु लगायत सहकारीमा आवद्ध विभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
इस्मा गाउँपालिकामा उत्पादन भएको खसीवोकाको लागि बजारको कुनै समस्या हुन नदिने गुल्मी उद्योग वाणिञ्य सघं र मासु ब्यवसायीले प्रतिवद्धता समेत वैठकमा ब्यक्त गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend