साझा नेटवर्क
देबेन्द्र केसी,गुल्मी असोज १७ ।
गुल्मी जिल्लाको सुदुरपुर्बी क्षेत्र भुर्तुङ्ग छापचौरमा गत असोज ९ गते देखि सञ्चालित ‘श्रीमत भागवत महापुराण तथा सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सब २०७५’ करिब ढाई करोड को कारोबार र पौने दुई करोड सङ्कलन गर्दै हिजो समापन भएको छ ।
काली गण्डकी गाँउपालिका का सबै वडा र छिमेकी बरेङ्ग गाँउपालिका,चन्द्रकोट गाँउपालिका ,सत्यवती गाँउपालिका लगायत बाग्लुङ्ग,पर्वत ,पाल्पा ,रुपन्देही र काठमाण्डौबाट पनि उल्लेखनिय रुपमा भक्तहरुको सहभागिता रहेको ‘महायज्ञ’ मा प्रदेश नम्वर पाँचका सामाजिक प्रसासन तथा संस्कृति मन्त्री सुदर्शन बराल,जिल्ला समन्वय समिति गुल्मी का पदाधिकारीहरु,छिमेकी गाँउपालिकाका प्रमुख तथा उपप्रमुख हरु ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सभासद चन्द्र भण्डारी लगाएत श्रोत केन्द्र मातहत र छिमेकी बिधालयका शिक्षक र बिधार्थीहरुको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको चौथो दिन प्रमुख अतिथिको रुपमा उपस्थित मन्त्री बरालले ‘प्राबिधिक शिक्षा आजको जेनेरेसनलाई अत्यावस्यक भएको औल्याउदै छापचौर मा स्थापना हुने टेक्निकल स्कुललाई प्रदेश सरकारको तर्फबाट हरसम्भव मद्धत’ दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो। मन्त्री बरालले थप्नुभयो ‘देश बनाउन सबैको ऐक्यबद्धता को जरुरी छ’। महायज्ञको समापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस का केन्द्रिय सदस्य चन्द्र भण्डारी ले भन्नुभयो’काठमाण्डौ ले वरिपरी सबैलाई गरिव बनाएर आफुले महल ठड्यायो तर छापचौरले आफ्नो सानो खर र टिनको झुपडी भएपनि ‘टेक्निकल स्कुल’को बिसाल भवन बनाउन लागेको छ त्यसैले मन काठमाण्डौ को होईन छापचौरको बिसाल छ’।
‘संबिधान सन्तनेता सुशिल कोईरालाले बनाउनुभयो तर ईनाम अरु कसैले पाए’ नेता भण्डारीले कटाक्ष गर्नुभयो । ‘शिव पार्वतीले तपस्यागरेको भुमी कौडेलेखको पुछारमा बसेर कसम खान्छु ,गुल्मीले मलाई पाखा लगायो तर म रहुन्जेल गुल्मी र गुल्मेली सँग जोडिईरहन्छु’ नेता भण्डारीले थप्नुभयो। समापन कार्यक्रम पछि पत्रकार देबेन्द्र केसी संग प्रतिकृया दिदै प्रमुख बाचक दिनबन्धु पोखरेलले ‘भुर्तुङ्गेलीहरुको मायाले हर्ष बिभोर भएको’बताउनुभयो।’टेक्निकल स्कुल’को सिलान्यास गर्न आउनुहुन्छ ? पङ्तिकारको पश्नमा बाचन प्रविण पोखरेलले भन्नुभयो ‘छापचौर ले सम्झे अवस्य आउछु’।
‘धर्म मार्फत देशको बिकाश गर्ने उध्येस्यले देशैभरी १०१ टेक्निकल कलेज र एक प्रदेश एक टेक्निकल बिश्वबिधालय बनाउने सङ्कल्प अनुरुप सत्रौ ‘टेक्निकल क्याम्पसको जग छापचौरमा राख्न सफल भएका छौ ,यो शिबभुमी भुर्तुङ्गको असिम कृपा र भुर्तुङ्गेलीहरुको बिसाल हृदयका कारण भएको हो ‘समापन कार्यक्रम पछि संछिप्त प्रतिकृया दिदै सहबाचक तथा १०१ टेक्निकल कलेजका सङ्कल्पकर्ता धुर्वसरण बस्यालले भन्नुभयो। कार्यक्रममा बोल्दै उपमहासचिव तथा कार्यक्रम सञ्चालक शुभाषचन्द्र गौतमले ‘भुर्तुङ्गेलीहरुको मनको कदर गरि अगामी एक बर्ष भित्रबाटै ‘टेक्निकल स्कुल’को जग राख्ने बताउनुभयो। कार्यक्रम मा बोल्दै महायज्ञ आयोजन समितिका प्रबक्ता डा.नारायण प्रसाद गौतमले ‘खाडी मुलुकको पचास डिग्रीको तातो घाममा अवका सन्ततिहरु जान नपरोस भन्दै टेक्निकल स्कुलको गुरुयोजना बनाईएको बताउनुभयो ।’
भुमीदान र नगद गरि सात लाख एघार हजार एक सय एघार रुपैया दान गर्ने दानविर तथा पुर्व गाविस अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ लाई हजुरले दिएको दानले छापचौरमा टेक्निकल स्कुल बन्छ? भन्ने पङ्तिकारको प्रश्नमा भन्नुभयो ‘मेरो तथा हजारौ भक्तजनहरुको सहयोगले अव को दुई बर्षभित्र छापचौरले टेक्निकल शिक्षा पढ्न अनि पढाउन सुरु गर्छ ‘। दानदाता सम्मान कार्यक्रममा बोल्दै समिति महासचिव तथा दुर्गाभवन माबि का प्राचार्य पुन्य प्रसाद गौतमले भन्नुभयो ‘ आई ए बिए पढेर सामान्य काम गर्न बिदेश जाने ‘बेरोजगारी शिक्षा प्रणाली’ को अनत्य र दाम ,काम,माम र नाम सहितको ‘टेक्निकल शिक्षा’ पढ्न यो धर्तिका धर्तिपुत्रले पाउन यो नै हाम्रो रहर हो’।
सेतै फुलेका कपाल पङ्तिकार लाई देखाउदै प्राचार्य गौतमले थप्नुभयो’कपाल सेतै फुले ल हेर्नुस तर बिश्राम लिएको छैन ,यो बिधालय मेरो सबथोक हो यसैको लागि मर्नेछु’। ‘छापचौरले टेक्निकल शिक्षा पढाउन र पढ्न पाउनु भनेको हामी युबाहरुले युद्ध नै जिते सरह हो, खाली हुँदै गएको भुर्तुङ्गको बसाई सराई पनि रोक्न यहि गुरुयोजना ले सक्नेछ’ दुर्गाभवन माबिकी शिक्षिका निलम हमालले भन्नुभयो। समुहगत रुपमा स्व.लंक बहादुर क्षेत्री का परिवारजनहरु ले सबै भन्दा बढि एघार लाख ,आठ हजार ,पाँच सय तिस रुपैया दान रकम दिनुभएको छ भने वडा नम्वर सात भुर्तुङ्ग का अध्यक्ष लोकप्रताप शाहले पाँच लाख एक हजार एक सय एघार ,अँधेरीखोला,लोसेका दानदाता श्रीप्रसाद गुरुङ्ग ले पाँच लाख एक हजार एक सय एघार,श्री श्री १००८ अनन्त बिभुसित स्वामी सोमबार गिरीजी महाराज पुर्णभद्र पौडेलले पाँच लाख एक हजार एक सय एकाउन्न र दुर्गाभवन माबि की पुर्बछात्रा सिन्धुरत्न मल्ल ले आफ्नी ममतामयी माता जनकेसरी शाह को स्मृतिमा पाँच लाख एक हजार एक सय एघार रुपैया दान गर्नुभएको छ।
अन्य सयौ को संख्यामा दानदाताहरुबाट दान गरिएको सो महायज्ञ मा कार्यक्रम अन्त्य पछि पनि कैयन दानदाताहरुको प्रमाणपत्र स्टेजमा चाँङ लागेका थिए। गत नौ गते ००८ स्वामी की ममतामयी माता डिलकुमारी पौडेल र कालीगण्डकी गाँउपालिका का ज्येट्ठ वडा अध्यक्ष अर्वेनी का देवीप्रसाद न्यौपाने ले संयुक्त रुपमा उद्धाटन गरेको महायज्ञ को समापन नेता चन्द्र भण्डारी ले गर्नुभएको थियो। समापन भाषण गर्दै कालीगण्डकी गाँउपालिका प्रमुख बेद थापामगरले ‘कार्यक्रमको सफल समापन को लागि आयोजक ,भक्तजन ,सहआयोजक ,पत्रकार ,सुरक्षाकर्मी,आमासमुह ,कल्व सबैलाई धन्यबाद दिनुभएको थियो ।
महायज्ञको अन्तिम दिन दानदाताहरुले आफ्नो नाम स्टेजबाट नआएको र प्रमुख बाचक बाट खादा तथा सम्मान नपाएको भन्दै केहि ब्यक्तिहरुले असंतुष्टी पोखेपनि महायज्ञ समग्रमा सफल भएको सचिवालयले जनाएको छ।कार्यक्रम अविधिभर छापचौर बजारमा करिव ढाई करोड बरावरको कारोवार भएकोले ब्यवसायी पनि प्रफुल्ल देखिएका छन । सबैभन्दा बढि कारोबार होटल ब्यवसायी हरुले गरेकाछन । मदिराजन्य र माशु जन्य पदार्थमा रोक लगाईएपनि होटलहरुलाई खासै फरक नपरेको होटल ब्यवसायी तेज केसी ले बताउनुभयो।
महायज्ञ अबिधि भर बिभिन्न ब्यक्तित्व हरु लगाएत गुल्मी -भुर्तुङ्ग काठमाण्डौ सम्पर्क समाज ,गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति ,नेपाल पत्रकार महासंघ भारत लगाएतका प्रतिनिधिहरुले भनाईहरु राख्दै सफलताको सुभकामना दिएका थिए।महायज्ञ अविधिभर ॐकार भजन समुहका कलाकार हरुले भजनकृतनका साथै रामलिला,कृष्णलिला,हिरन्यकस्युप प्रल्हाद नाटक ,सत्यकली नाटक लगाएतका दर्जनौ नाटक प्रस्तुत गरेका थिए भने महायज्ञलाई दिवाकालिन र रात्रीकालिन गरि दुई भागमा बाँडेर प्रबचन र भजन कृतन गरिएको थियो।
भक्तजनहरुको उल्लेखनिए उपस्थिति रहेको बिधालय प्राङ्गणमा लाखबत्ती,लक्ष्यबत्ती,तुलादान,ग्रहसान्ति र सराद पनि गर्ने ब्यव्स्था गरिएको थियो भने साविकका सबै वडाहरुले एक एक दिन गरि प्रसाद र भोजनको ब्यवस्था गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend