logo
  • सोमबार, असोज १२ २०८३

अष्ट्रेलियामा मसल मोडेल प्रतियोगिता परिक्षित श्रेष्ठलाई दुई स्वर्ण प्राप्त


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रभा श्रेष्ठ , बालाराट।
अष्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन ।

संभवत मेलबर्नमा बस्ने नेपालीद्धारा यस किसिमको प्रतियोगितामा यसरी स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले Mens Fitness Novice र Mens Fitness Open दुई क्याटागोरीका लागि स्वर्ण पदक प्राप्त गरेका हुन ।

प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भए तापनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो। यो प्रतियोगिताको तयारीको लागि परिक्षित श्रेष्ठले बिगत दुई महिनादेखि अष्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोष कुमार श्रेष्ठको परामर्श अनुरुप कढा तयारी गर्दै आएका थिए ।

नियमित रुपमा सन्तोष कुमार श्रेष्ठको संपर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उन्कै सुझाब अनुरुप गर्दै आएका थिए। यो बिजयसंगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रिय स्तरको च्याम्पियनशिपमा सहभागी हुन योग्य भएका छन ।

प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले यस किसिमको प्रतियोगितामा यसरी पहिलो पटक सहभागी हुँदा नै नेपालीको तर्फबाट यो किसिमको सफलता प्राप्त गरेर नेपाल र नेपालीको गौरबमा योगदान दिन सकेकोमा गौरवान्वित भएको महसूस गरेको बताउँदै श्रेष्ठले नेपाल र नेपालीको गौरब उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।


प्रकाशित मिति : १६  असोज २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend