logo
  • शनिबार, असोज १० २०८३

नेकपामा विवाद,योगेश भट्टराई र विष्णु रिमालबीच ट्वीटरमा यस्तो कटाक्ष


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौं,असोज १४ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल हुन थालेको छ ।

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति धेरै नेताहरुले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता योगेश भट्टराईबीच कटाक्ष सुरु भएको हो ।

रिमाल हाल प्रधानमन्त्री केपी ओलीसँगै अमेरिकामा छन् भने भटराई नेपालमै छन् । गत शुक्रबार प्रदेशको नेतृत्व चयनप्रति वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौमा चियापनका नाममा आफ्नो पक्षको भेला नै बोलाएर विरोध गरेका थिए ।

त्यसपछि केपी ओलीका विश्वासपात्र मानिने नेकपाका नेता समेत रहेका प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो टिवटर एकाउन्टमा व्याङ्ग्य गर्दै लेखेका छन्–‘मानिसको पतन त्यस समय सुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’

रिमाललाई प्रतिउत्तर दिँदै माधव नेपाल निकट मानिने योगेश भट्टराइले लेखेका छन्

–‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’

यसअघि प्रधानमन्त्री केपी ओलीले पनि आफू देशबाहिर गएको बेला केही व्यक्ति भन्दै नेता माधव नेपालप्रति संकेत गरेर देश नै डुब्न लाग्यो भनेर दिएको अभिव्यक्तिको ‘आफू स्वदेश फर्केपछि सवै ठीक हुने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend