logo
  • सोमबार, असोज १२ २०८३

पालुखा माविमा धार्मिक महोत्सवको तयारी तिव्र गतिमा अगाडी बढ्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुसिल खनाल, गुल्मी असोज १४।
ईस्मा गाउँपालिका वडा नं. २ मा रहेको पालुखा मा बिलाई कक्षा ११ र १२ सञ्चालनार्थ पालुखा शैक्षिक तथा धार्मिक महोत्सब सञ्चालन को तयारी तिब्र गतिमा अगाडी बढेको छ ।

ईस्मा गाउँपालिका का जनप्रतिनिधि सहित स्थानिय बासिन्दा  द्वारा  प्रचार प्रसारको कामलाई पनि तिब्र गतिमा अगाडी बढाईएको ईस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बताए । गाउँपालिका उपाध्यक्ष बिमला खत्रिले बिधालयले स्वयम आफै कक्षा ११ र कक्षा १२ सञ्चालन गर्न का लागी धार्मिक महोत्सब सञ्चालन गर्न लागेकोमा हार्दिक धन्यबाद दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत चन्द्र कान्त बस्नेतले महोत्सबमा हुने बिभिन्न किसिमका समस्यालाई समाधान गर्न बिधालयलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मुल आयोजक समितिका संयोजक टिका बहादुर रेस्मीको  अध्यक्षतामा  ,प्रमुख अतिथि ईस्मा गाउँपालिका का अध्यक्ष लक्ष्मण बिष्ट ,तथा  बिशेष  अतिथि गाउँपालिका उपाध्यक्ष बिमला खत्रि ,प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेत लगाएत सम्पुर्ण वडा अध्यक्षहरु उपस्थित्व  रहेको  थियो ।

कार्यक्रममा हाल सम्म १५ लाख आर्थिक संकलन भएको प्रधानाध्यापक बाबुराम खत्रिले भने  महोत्सब यही असोज २२ गते देखी असोज ३० गते सम्म सञ्चालन हुने बताए ।


प्रकाशित मिति : १४ असोज २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend