साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज १३ ।
गृहमन्त्री राम बहादुर थापा बादलले ९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा रहेको बताएका छन् । त्यो मध्ये पाँच प्रतिशत अनुसन्धानकै प्रक्रियामा रहेको उनले बताए ।
लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धले विश्व मुटु दिवस अवसरमा आयोजना गरेको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरलाई संवोधन गर्दै गृहमन्त्री थापाले यो देशमा निर्मला पन्त मात्रै बलात्कृत नभएको स्पष्ट पारे ।
‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेली बलात्कृत भएका छन्,’उनले भने,‘सरकार गम्भिर र प्रतिवद्ध छ ।’ उनले अहिले केहि व्यक्ति र घटना बिशेषलाई मात्रै उचालेर सरकार बिरुद्ध घेराबन्दि भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको बताए ।
न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्ययोचित भएको प्रतिक्रिया दिए ।
गृहमन्त्री राम बहादुर थापाले देश विभिन्न किसिमका अपराधीहरुको चौघेरामा परेको बताएका छन् । उनले काम नगर्ने ठेकेदार, बैदेशिक रोजगारको नाममा कामदार र चेलीवेटी बेच्ने दलाल, घुस नखाई सेवा नदिने कर्मचारी र मालमाल बन्न कर नतिर्ने तस्करीका कारण सरकार समस्यामा परेको बताए ।
लामो समयको द्धन्द, कुशासन र संक्रमणको कारण मलजल पाएका त्यस्ता अपराधीलाई कानुनको कठगराामा नलगाएसम्म देशमा न्याय स्थापित नहुनेमा थापाको जोड रहेको थियो । उनले योजनाबद्ध रुपमा सरकारले काम गरिरहेकाले प्रतिपक्षले त्यो सहन नसकेर त्यस्ता अपराधी व्यक्ति र समुहलाई साथमा लिएर सरकार बिरुद्ध हमला गरिरहेको जिकिर गरे ।
विश्व मुटु दिवसको अवसरमा गृहमन्त्री थापाले मानिस सुखी र खसी रहन विकास आवश्यक रहेको बताए । उनले नेपाल सरकारको प्रमुख नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ भएकाले विकास मार्फक मुलुक समृद्ध नभएसम्म व्यक्ति खुसी हुन नसक्ने बताए ।
उनले व्यक्ति खुसी भए मात्रै स्वस्थ हुने भएकाले विकास मार्फत नै समृद्ध, स्वस्थ र सुखी नेपाली बन्न सकिनेमा जोड दिए । ‘नेपालका धेरै ठाउँमा अझै पनि विकास छैन, जसका कारण जनता गरिव, बिपन्न र दुखी छन्,’मन्त्री थापाले भने,‘त्यसैले धेरै नेपाली रोगी छन् ।’
उनले मानिस दुखी र पीडामा भएसम्म रोग लागि रहने भएकाले विकास र समृद्धिका पक्षमा नेपाल सरकार रहेको बताए । साथै थापाले विश्व मुटु दिवसको अवसरमा गुल्मी आएर निशुल्क बृहत शिविर आयोजना गरेर सेवा प्रदान गर्ने अयोजक तथा सह–आयोजक सवैलाई धन्यवाद व्यक्त गरे ।
५६ बर्षपछि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा धर्मपत्नी नैनीकला थापासहित जन्मथलो फर्किएका छन् । थापा शनिबार विहान साढे ८ बजे आफ्नो जन्मथलो मुसिकोट नगरपालिका ३ वडागाउँ तल्लो दजाकोट पुगेका थिए ।
भेटमा उनले आफ्ना दाजुभाई, परिवारका सदस्य तथा आफन्तसंग भेटघाट गरि माया र आत्मियता साटेको मन्त्रीका छिमेकी तथा समाजसेवी हरि छन्तेलले बताए । करिव ४५ मिनेट बिताएका उनले आफुले पढेको पशुपति निमावि, गाउँ र बाल्कालको स्मरण गरेका थिए ।
सोहि अवसरमा मुसिकोट नगरपालिकाले थापालाई स्वागत गरेको थियो । अभिनन्दनपछि बोल्दै मन्त्री थापाले मुसिकोटमा इलाका प्रहरी चौकी स्थापना गर्ने र खानेपानीको समस्या समाधान गर्न पुर्ण प्रतिवद्ध रहेको बताएका थिए ।
उनले गाउँको भेटघाटलाई निरन्तरता दिने समेत बताए । शनिबार नै नेकपाको पार्टी कार्यालयमा पुगेर मन्त्री थापाले जीवराज आश्रितको तस्विरमा माल्र्यापण तथा कार्यकर्ता भेटघाट गरेका थिए ।








© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend