साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज १२ ।
गुल्मीको सेउघामा बसको ठक्करबाट एक जना व्यक्ति घाइते भएका छन् । रेसुंगा नगरपालिका ४ सेउघाका नेत्र बहादुर कुवंर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनलाई तम्घासबाट इस्माका लागि छुटेको लु १ ख ७०२१ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
बसको ठक्करबाट कुवंरको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल तम्घासमा समान्य उपचारपछि पाल्पा रेफर गरिएको प्रहरी जवान बासु मरासिनीले बताए ।
अगाडीको बसबाट ओर्लिएका उनलाई पछाडीबाट तिव्र गतिमा आएको अर्को बसले ठक्कर दिएको मरासिनीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend