logo
  • सोमबार, असोज १२ २०८३

छतमा सामान बोक्ने सवारी साधनलाई कारबाही हुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौँ, असोज १२ ।
चाडपर्वको मौका छोपेर ओभर लोड गर्ने तथा छतमा यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले कारबाही गर्ने भएको छ । चाडपर्वमा हुने सवारी दुर्घटनाको मुख्य कारण ओभरलोड भएकाले प्रहरीले यसमा कडाई गर्ने भएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार दशैंमा सञ्चालनहुने लामो तथा छोटो दुरीमा चल्ने कुनै पनि सवारी साधनले आभोर लोड मात्र नभइ छतमा समान राखेको पाइए पनि कारबाही गरिने छ ।

लामो दुरीमा चल्ने प्रत्येक सवारी साधनले अनिवार्य रुपमा दुई जना चालन राख्नु पर्ने छ ।उपत्यका बाहिरिने थानकोट, नागढुंगा, जागती, फर्पिङ, बालाजु लगायतका चोकमा मापसे चेकिङ अझ तिब्र तुल्याइने छ ।

प्रत्येक टिकट काउन्टरमा सादा पोशाकमा प्रहरी परिचालन गरिने, टिकटमा कलाबजारी गरेको पाइए तत्काल कारबाही गरिने, यात्रु सहायतका लागि राजधानीका १३ स्थालनमा बिशेष सहायता कक्ष राखिने, सहायतका कक्षमा प्रहरीको चौबिसै घण्टा उपस्थिति रहने, टिकट तथा यात्रा सम्वन्धित कुनै समस्या भए यात्रुले तुरन्तै सहायता कक्षमा उजुरी गर्न सकिने जस्ता नियम लागु गर्ने भएको छ ।

साथै, नागढुंगा, स्वयम्भू, कलंकी, सुन्धरा, बल्खु, फर्पिङ, सातदोवाटो, काटेश्वर, पुरानो बसपार्क, सुन्धरा, गौशला र जागतीमा प्रहरीले बिशेष सहायता कक्ष राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend