logo
  • सोमबार, असोज १२ २०८३

सशस्त्र प्रहरी महानिरिक्षक खनालले घरलाई धर्मशाला बनाउने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असोज १२ ।
सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले गृह जिल्लामा रहको आफनो घरलाई धर्मशाला बनाउने भएका छन् । कार्यक्रमको शिलसिलामा गृह जिल्ला गुल्मीमा आएका खनाललाई शुक्रवार उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रममा जिल्लाको रुरु स्थित रिडीमा रहेको आफनो पुखौली घरलाई धर्मशाला बनाउने बताएका हुन् ।

उनले आफना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोलीले अध्ययन गराएका हुन् । पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताएका हुन् । तिन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको बताए ।

कार्यक्रममा महानिरिक्षक खनालले गुल्मीकै पानी खाएर फेरि पानी खाना आएको बताएका थिए । गुल्मीको माटोको आशिरवादले यस छेड सम्म पुग्न सफल भएकाले आफ्नो जिल्लाको निम्ती केहि गर्नु पर्छ भन्ने सोच रहेको बताएका थिए ।

यहि ठाउँमा जन्मेर आज एउट उच्च तहमा पुग्न सफल हुनुमा सबै जिल्ला वासीको सहयोग सदभाव बोकेकाले कसैको पनि शिर निउरिन दिने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए । आज म जन्म स्थानमा पद बोकेर होइन आत्मीएता बोकेर आएको छु खनालले भने, ‘त्यसैले पदको भन्दा पनि आफन्तको नाताले बोलाउनुस ।’

हानिरिक्षक खनालले गुल्मीको पानी गुल्मीको माटोले जन्माएको हुर्काएकोले यहाँका सबै दाजुभाईको शिर उच्च राख्ने गरि आफनो कार्यकालमा काम हुने बताए । खनालको रुरु स्थित रिडीमा पूखौली घर रहेको थियो । धेरै वर्ष देखि खनाल परिवारले बस्न छोडेर बन्द अबस्थामा घर रहेको थियो ।

खनालाई रिडीमा आयोजित कार्यक्रममा स्थानियले सशस्त्र प्रहरीको सानो क्याम्प राखिदिन आग्रह गरेका थिए । रिडी गुल्मीकै प्रबेशद्धार रहेकाले यस क्षेत्रको सुरक्षा देखि हरेका क्रियाकलापको निम्ती सशस्त्र प्रहरीको क्याम्प आबश्यक रहेकाले राखिदिन माग गरेका थिए ।

सदरमुकाम तम्घासको कार्यक्रमको लागि गृह जिल्ला आएका खनाललाई रिडीमा स्थानियले भव्य सम्मान गरेका थिए । उद्योग वािण्ज्य संघ रिडी शाखा, स्थानिय आमा समुह, लगायत बिभिन्न संघ संस्थाले सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend