logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सक्रिय बन्दै

बलात्कार गर्ने व्यक्ति साढे ५ बर्षमा समातिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी असोज ११ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय गुल्मी फरार अभियुक्त समात्न सक्रिय देखिएको छ । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भएका व्यक्तीहरुको सुची बनाएर खोजी भैरहेको प्रहरीले जनाएको छ । सोहि अभियान अन्तरगत स्थानीय एक महिलालाई बलात्कार गरी फरार भएका रुरु गाउँपालिका ३ थानपतिका सुरज भन्ने बिनोद श्रेष्ठ पक्राउ परेका छन् ।उनले साढे पाँच अघि ०७० सालमा एक महिलालाई बलात्कार गरि भागेका थिए । उनलाई जिल्ला अदालत गुल्मीले ०७३ बैशाख २२ गते बलात्कार गरेको दोषि ठहर गर्दै ६ बर्ष कैद र २५ हजार पीडितलाई क्षतिपुर्तिको फैसला गरेको एसपी दिपक कुमार बस्नेतले बताए ।

श्रेष्ठलाई रुरु गाउँपालिका १ बाट गिरफ्तार गरी बिहिबार नै जिल्ला कारागार गुल्मी चलान गरिएको बस्नेतले बताए । साथै उनले छत्रकोट गाउँपालिकाकी एक नावालिका भगाएर काठमाडौमा वस्दै आएको समेत खुलेको छ ।

नावालिकाको परिवार पनि प्रहरीमा आएकाले श्रेष्ठविरुद्ध अर्को मुद्दा समेत दर्ता हुने मुद्दा शाखा प्रमुख सई शिवबहादु खत्रीले जानकारी दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले केहि दिन अघि ठगी मुद्धाका फरार अभियुक्तलाई पाचँ महिनापछि गिरफ्तार गरेको थियो ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई प्रहरीले उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।

ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई वर्ष कैद र ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खत्रीले बताए । जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई निरन्तर अगाडी बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend