logo
  • शनिबार, असोज १० २०८३

नेकपा अध्यक्ष प्रचन्ड सिंगापुर प्रस्थान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

?

काठमाडौं असोज १० – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् ।

नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend