logo
  • सोमबार, असोज १२ २०८३

जुनियर रेडक्रस सरस्वती माविद्वारा आर्थिक सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

राज भण्डारी, गुल्मी असोज १०।
गुल्मीको छत्रकोट गाउँपालिका भेडुवामा रहेको सरस्वती माविको जुनियर रेडक्रस द्वारा गुल्मी दरबार गाउँपालिका वार्ड नं ४ बस्ने भुमिस्वर रजालीलाई नगद ३,८५० सहयोग हस्तान्तरण गरेको छ । भुमिस्वर रजाली करेण्ट लागेपछी उनले दाइने हात गुमाउनु परेको थियो । सहयोग सानो ठूलो हुदैन सेवा नै धर्म हो, हामिले सक्दो सहयोग गरेका छौ, सरस्वरी माबिका शिक्षक संकर महोत्राले बताए ।

विद्यालयका प्रअ भुवन टन्डन तथा नेपाल जुनियर रेड्क्रस सर्कलका अध्यक्ष अर्जुन नेपालीको संलग्नता तथा समुहका विधार्थीको पहल र सहयोगमा समूहले सहयोग गरेको प्रदिप पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend