साझा नेटवर्क
कमल पौडेल , बागलुङ असोज ९ ।
बागलुङ जिल्लामै पहिलो पटक सामुदायीक विद्यालयले विद्यार्थीहरुको लागि स्कुल वस संचालनमा ल्याएको छ।
जिल्लाको पश्चिम वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले विद्यार्थी सुविधाको लागि वस संचालन गरेको हो। मध्यपहाडि लोकमार्गको विस्तार र विकास सँगै विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई मध्येनजर गरेर वस संचालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिनुभएको छ।
नमुना विद्यालयमा छनौट भई कार्यक्रम संचालन भैरहेको विद्यालयमा वस सेवा समेत सुरु भएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन्। नेपाल सरकारको भन्सार छुट तथा विद्यालयको आन्तरीक श्रोत वाट वस खरिद गरेको विद्यालयले जनाएको छ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend