logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङ बजारमा सरसफाइ गरियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ असोज ७ ।
चाडवाड नजिकीदै गर्दा खर्वाङ वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ।

सनिवार विहानै वाट कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, वडा सदस्य गोम वहादुर राना, वजार व्यावस्थापन समिति, प्रहरी, र स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हो।सरसफाइ को क्रममा खारपानी क्षेत्र देखि खर्वाङ बजार हुँदै हाँडिखोला सम्म वाटोको झाडि फाँड्ने, प्लाष्टिक टिप्ने, सरसफाई गर्ने लगाएतका कार्य गरिएको थियो।

सम्पूर्ण वजारवासिको सक्रियता सहित सो कार्यक्रम सम्पन्न भएको थियो। त्यस्तै बडिगाड गाउँपालिका वडा नं. २ कै राक्से क्षेत्रमा पनि सरसफाई गरिएको छ। वडा सदस्य जमुना विक, स्थानिय गकुल गिरि लगाएतको सक्रियतामा स्थानियहरुको सहभागितामा सरसफाई कार्यक्रम संचालन गरिएको हो।


प्रकाशित मिति २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend