logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड महोत्सव २०७५ मा २० प्रतियोगीता हुने, स्थानिय कला संस्कृति प्रवद्र्धनमा जोड


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल , बागलुङ असोज ७।
स्थानिय कला संस्कृति प्रवद्र्धन गर्ने उद्धेश्य सहित ग्वालीचौरमा हुने प्रथम वडिगाड महोत्सव २०७५ तथा न्वागी मेलामा हुने २० प्रतियोगीतात्मक कार्यक्रमको आज टुंगो लागेको छ।

बडिगाड संस्कृतिक प्रवद्र्धन केन्द्र बडिगाड को आयोजनामा ग्वालीचौरमा भएको सचिवालयको वैठकले कार्यक्रम टुंगो लगाएको हो। जसअनुसार अध्यक्ष कप राष्ट्रिय कराँते, पुरुष तथा महिला भलिवल, वडिगाड आइडल, खुल्ला राष्ट्रिय लोक दोहोरी, खुल्ला विद्यालय स्तरीय वक्तृत्वकला, म्याराथुन दौड, वडा स्तरीय पञ्चैवाजा, साहित्यीक, खुल्ला साँस्कृतिक प्रतियोगीता लगाएतका प्रतियोगीतात्मक कार्यक्रम रहेका छन्।

त्यस्तै शैक्षिक सामाग्रि पदर्शनी, सरायँनाच प्रतियोगीता, सोरठी तथा भैलो प्रतियोगीता, घरेलु उत्पादन प्रदर्शनी, पुरुष जनप्रतिनिधि घैंटोफोड, महिला जनप्रतिनिधि कुर्चिदौड, कर्मचारी शिक्षक गाउँखाने कथा, कृषि प्रदर्शनी, प्राकृतिक खानी जन्य सामाग्रि तथा जडिवुटि पदर्शनी, ऐतिहासिक पुरातात्वकीक सामाग्रिको प्रदर्शनी लगाएतका कार्यक्रम आयोजना गरिने भएको हो। यहि मंसिर १ देखि ९ गते सम्म संचालन हुने प्रथम वडिगाड महोत्सवमा राष्ट्रिय कलाकार, रमाइलो मेला लगाएतका कार्यक्रम संचालन गरिने महोत्सव संचालक समितिका सचिव विष्णु आचार्यले जानकारी दिनुभएको छ।

त्यस्तै बैठकले गाउँपालिका भित्रको प्रवुद्ध समुह पहिचान गर्न केशव खरेलको संयोजकत्वमा समितिको समेत गठन गरेको छ। महोत्सव संचालन समितिको सचिवालयको वैठक अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित मिति : ७ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend