logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी को पालुखामा ९ दिने धार्मिक महोत्सब हुँदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुसिल खनाल,गुल्मी
असोज ७  गुल्मी , गुल्मी को पालुखा मा बि मा शैक्षिक तथा धार्मिक महोत्सब सञ्चालन हुने भएको छ । गुल्मी को ईस्मा गाउँपालिका वडा नँ २ को पालुखा मा बि लाई कक्षा ११ र १२ सञ्चालनार्थ शैक्षिक तथा धार्मिक महोत्सब गर्न लागिएको हो ।
ग्रामिण भेगको बिधालय भएकाले गरिब का छोरा छोरीले उच्च शिक्षा हासिल गर्नका निम्ती असोज २२ गते देखी २८ गते सम्म गुल्मी पालुखा शैक्षिक तथा धार्मिक महोत्सब सञ्चालन गरिने मुल समारोह समिति सँयोजक टिका बहादुर रेग्मी ले बताउनुभयो ।
त्यस्तै सोही धार्मीक महोत्सब लाई सम्पुर्ण क्षेत्र को बाट सहयोग पुर्याउन का लागी व्यापक प्रचार प्रसार गर्न सम्पुर्ण मिडिया कर्मिहरुलाई प्रधानाध्यापक बाबुराम खत्रिले आग्रह गर्नुभयो । महोत्सब मा प्रमुख बाचाक युवासन्त बालयोगेश्वर महाराज श्रि रहने आयोजक ले जानकारी दिएको छ । ९ दिन सम्म सञ्चालन गरिने महोत्सब मा १ करोड को आर्थिक सँकलन को अपेक्षा गरिएको सँयोजक रेग्मी ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend