साझा नेटवर्क
थुप्रै वर्ष लागेको जिन्दगी, जिन्दगी बन्न ।
जस्तो बादललाई समय लाग्छ पानी बन्न
झर्न रोक्नु छ आँखा देखि आँसुहरुलाई,
स्वयम आफैलाई मन थियो परेली बन्न ।
मन घर देशमा , शरीर प्रदेशमा राखी,
रहर कहाँ हुन्छ र यसै गुलामी बन्न ?
जति सजिलो हुन्छ छोरी बनेर जिउन,
त्यति नै कठिन हुँदो रैछ बुहारी बन्न ।
यहाँ खास बाँच्नु भनेकै नाटक रहेछ,
यो दुनियाँ आफै सिकाउँछ नाटकी बन्न ।
यदि समयलाई चलाउन सकिने भए,
सायद हरेकको उदेश्य हुन्थ्यो घडी बन्न ।
कुसुम नेपाली, बागलुङ
हाल : प्रदेश नं. ५
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend