logo
  • सोमबार, असोज १२ २०८३

बोन म्यारो रोगबाट पिडित गिरीलाई तनहुँ समाजको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलु शर्मा पौडेल ।
तनहु सेवा समाज कतारद्वारा जिल्लाकी शुक्लागण्डकी -१० निबासी बोन म्यारो रोगबाट ग्रसित १४ वर्षिय विनिता गिरीलाई पचास हजार आर्थिक सहयोग गरेको छ । सस्थाका प्रथम उपाध्यक्ष नारायण ढुंगानाको सभापतित्व तथा शुक्ला गण्डकी नगरपालिका वडा न ८ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा न १० का वडा अध्यक्ष रामचन्द्र भन्डारी विशेष अतिथि रहेका थिए । त्यस्तै शुक्ला गण्डकी जेसीज तनहुँका अध्यक्ष दुर्गा सिग्देल, समाजसेवी याम प्रसाद ढुंगाना, कृष्ण प्रताप महत र पत्रकारहरु अतिथि रहेका थिए भने स्थानीयको बक्लो उपस्थिति थियो । दीप प्रज्वलन र ब्यानर अनावरण सहित अघि बढेको कार्यक्रममा बोल्दै बक्ताहरुले आर्थिक समस्याबाट गुज्रिरहेकी गिरीलाई परदेशबाट गरिएको सहयोगले नया जिबन पाउने बिस्वास व्यक्त गरे ।सहयोग ग्रहण गर्दै बिरामीका बुवाले कतारमा स्थापित भए पनि जिल्लामा अबस्थित सबै दुखीको सहारा बन्दै आफनो गास कटाएर मेरो छोरीको नया जिबनको लागि सहयोग जुटाई दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै समाजको कतार परिवारको खुलेर प्रशसा गरे ।

मन्तब्यकै क्रममा प्रमुख अतिथि रेग्मीले विभिन्न समस्याको कारण बिदेस पस्न बाध्य जिल्लाबासिहरुले परदेशमा रहदा पनि सस्था स्थापना गरि गृह जिल्लामा विभिन्न खालका सामाजिक गतिबिधिहरु गर्दै आएकोमा समाजलाई धन्यबाद ब्यक्त गरेका थिए ।

भविष्यमा पनि समाजले गर्ने सामाजिक कार्यहरुमा आफुले सधै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता जाहेर गरेका थिए । अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति ढुंगानाले कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई धन्यबाद दिदै उपचाररत बिनिता गिरिको स्वास्थ्य लाभको कामना गरेका थिए ।

तनहु सेवा समाज कतारमा रहनुहुने सम्पूर्ण तनहुँबासीहरुको साझा सस्था रहेको बताउदै कतारमा मात्र नभई जिल्ला र देशकै लागि आवस्यक पर्दा यस्ता कार्यहरुमा सदैब अग्रसर रहिरहने प्रतिबद्दता जनाए ।

उक्त कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन युवा समाजसेवी सन्तोष भट्टराईले गरेका थिए भने कार्यक्रमलाइ सस्थाका सचिबालय सदस्य मिनराज वाग्लेले सहजीकरण गरेका थिए ।

गिरी बोनम्यारोबाट गर्सित भएको जानकारी आएपछि कार्य समितिबाट रकम संकल गरि पठाइको र बोन म्यारो ट्रान्सप्लान्टको तयारी भै रहेको सस्थाका महासचिब पदम गिरीले साझा नेटवर्कलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend